५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाप्किडो खेलको अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा हुने



अ+ अ-

कास्की । हाप्किडो खेललाई परिचित गराउँदै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सघाउने लक्ष्यसहित पोखरामा ‘प्रथम अन्तर्राष्ट्रिय मार्सल आर्टस् हाप्किडो सम्मेलन’ गरिने भएको छ ।

नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घको आयोजनामा आगामी माघ ११ र १२ गते हुने सम्मेलनमा नेपालसहित करीब २० देशका ग्राण्ड मास्टर, मास्टर, प्रशिक्षक, खेलाडी र अफिसियल गरी ६०० को सहभागिता रहने साउथ एशियन हाप्किडो महासङ्घका समेत अध्यक्ष रहनुभएका सङ्घका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

सो सेमिनारमा अमेरिका, अष्ट्रिया, रसिया, दक्षिण कोरियाका ग्राण्डमास्टर तथा नेपालका मास्टर सङ्घका अध्यक्ष घर्ती र आठौँ साफमा स्वर्ण पदक विजेता बक्सिङका प्रकाश थापा मगरले प्रशिक्षण दिने कार्यक्रम रहेको उहाँले बताउनुभयो । दक्षिण कोरियाबाट विकास भएको हाप्किडो मार्सल आर्टस्को ‘मिक्स’ खेल भएको तथा आत्मरक्षा र सामाजिक अनुशासनका लागि समेत खेल महत्वपूर्ण मानिने सङ्घका केन्द्रीय सदस्य सुवर्ण बिसीले बताउनुभयो ।

विसं २०७३ मा पहिलोपटक राष्ट्रिय खेलकूद परिषद्मा हाप्किडो सङ्घ दर्ता भएको बताउँदै अध्यक्ष घर्तीमगरले सोही वर्ष नै राष्ट्रिय सम्मेलन तथा तथा विसंं २०७४÷७५ मा जिल्ला प्रतियोगिता, प्रादेशिक तथा राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । सङ्घले गत कात्तिक १ र २ गते रोल्पामा शहीद स्मृति मार्शल आर्टस् हाप्किडो राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।

देशभर करीब १० हजारको हाराहारीमा हाप्किडोका खेलाडी रहेका बताइन्छ । पोखरामा आयोजना गरिने हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनारले सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई पनि सफल बनाउन भूमिका खेल्ने बताइन्छ । सम्मेलन सम्पन्न गर्न रु ४० देखि ५० लाख हाराहारीमा खर्च लाग्ने आयोजकको अनुमान छ ।