१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुपेन्द्रलाई रजत, मिनु फाइनलमा



अ+ अ-

चीनमा जारी एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगितामा नेपालका भुपेन्द्र थापा मगरले रजत पदक जितेका छन् । चीनको जिङयाङमा पुरुष ६४ केजीमा भुपेन्द्रले रजत जितेका छन् । भुपेन्द्र फाइनलमा चाईनीज ताइपेइका मुक्केबाज वाङ जिया–ज्योनसँग स्प्लिट डिसिजनको आधारमा ३–२ ले पराजित भएका थिए ।

रजत जितेसँगै भुपेन्द्रले ५ सय डलर पनि हात पारे । भुपेन्द्र नेपालमा सम्पन्न १३ औँ सागका स्वर्णधारी खेलाडी हुन् । यस्तै नेपालकी मिनु गुरुङ फाइनलमा पुगेकी छिन् ।

महिला ५४ केजीमा मिनु चाईनीज ताइपेइकी मुक्केबाज ताओ यिङ युलाई अंकको आधारमा हराउँदै उपाधि नजिक पुगेकी हुन् । सागका स्वर्णधारी मिनुले उपाधिका लागि फिलिपिन्सीकी नाइस जा डेटेक्लसँग खेल्ने छिन् ।