५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

एक हजार ८१ कर्मचारी खडा गरेर बन्द भएको जुटमिलबाट ५६ करोड भुक्तानी

एक हजार ८१ कर्मचारी खडा गरेर बन्द भएको जुटमिलबाट ५६ करोड भुक्तानी
अ+ अ-

न्यायाधीशको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले गत असोजमा बुझाएको प्रतिवेदनमा सरकार मौन

विराटनगर जुटमिल बन्द भएपछि पनि शंकास्पद रूपमा एक हजार ८१ कर्मचारी खडा गरेर ५५ करोड ९२ लाख वितरण गरेको भनेर जाँचबुझ आयोगले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन । विराटनगर उच्च अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको नेतृत्वमा गठन भएको आयोगले जुटमिलको अनियमितता प्रतिवेदन दिएको थियो । गत असोजमा आएको प्रतिवेदनमा सरकारले कुनै पनि स्तरमा छलफलसमेत गरेको छैन । वि.सं. १९९३ मा स्थापना भएको विराटनगर जुटमिल सुरुमा नाफामूलक रूपमा चले पनि पञ्चायतको उत्कर्षमा ओरालो लागेको थियो ।

०३० बाट घाटामा जान थालेको यो उद्योग ०४० देखि दयनीय अवस्थामा पुगेको थियो । कहिले खुल्ने र बन्द हुने अवस्थामा चलेको उद्योगलाई सरकारले १८ भदौ ०५९ मा अरिहन्त मल्टी फाइबर्सलाई भाडामा दिएको थियो । पाँच वर्षको सम्झौता गरेको सो कम्पनीले पनि पटकपटक उद्योग बन्द गर्दै ०६२ मा छोडेको थियो । यसबीचमा उद्योग चलाउने भन्दै विभिन्न सरकारले पैसा हाल्दै आएका थिए । बजेट पाउनासाथ चलेको देखाउने र खर्च हुनासाथ बन्द गर्ने प्रचलनले सरकारको १६ करोड लगानी भयो । यसबीचमा उद्योग उल्टै आठ करोड घाटामा गयो ।

कुनै पनि अवस्थामा उद्योग चलाउन नसक्ने भन्दै सरकारले ०६६ मा उद्योग बन्द गर्ने निर्णय गर्यो । त्यसका लागि कर्मचारीलाई अन्तिम बिदाइ गर्न ५५ करोड ९२ लाख रुपैयाँ सरकारी बजेटबाट निकासा भयो । ‘कति कर्मचारी र मजदुर मिलमा स्थायी थिए, कहिलेबाट स्थाथी थिए भन्ने खोजतलास हुँदा तीन सय ३४ मजदुर मात्र ३२ असार ०६४ देखि स्थायी भएको प्रमाण खुलेको थियो, अन्य कर्मचारीका लगत भेटिएन,’ आयोगको प्रतिवेदनमा उल्लेख छ । कर्मचारीलाई बिदाइ गर्न सुरुमा ४० करोड १७ लाख दिएको र त्यति गर्दा पनि ५४ जनाको छुटेको भन्दै थप रकम वितरण गरिएको थियो ।

अझ पनि पाँच सय ९४ मजदुर छुटेको भन्दै थप रकम वितरण गरिएको थियो । तर, जाँचबुझ आयोगले सुरुमा वितरण गरिएको ४० करोडको हिसाबमा समेत चित्त बुझाउन सकेको छैन । एकातिर पाँच सय ९४ मजदुर छुटेको भनेर उनीहरूको नाममा उपदान निकालिएको छ, तर बाँकी रहेको तलब, घरभाडा, भत्ता, सञ्चयकोष निकाल्दा चार सय ३७ मजदुर मात्रै छुटेको भन्दै थप पैसा निकालिएको छ । कहिले पाँच सय ९४ र कहिले चार सय ३७ भन्दै मनपरी पैसा खर्च गरिएको छ । ‘यसरी पैसा निकाल्दा कुनै प्रमाणित लिखत, कागज र अभिलेखसमेत उपलब्ध नहुँदा भुक्तानी गरिएको रकमलाई कानुनसम्मत मान्न सकिने अवस्था देखिएन,’ प्रतिवेदनले भनेको छ ।

छानबिन आयोगको प्रतिवेदनअनुसार ३०–४० को दशकमा मिलले नाफा र घाटा गर्दै गएकाले २ करोड ३० लाख रुपैयाँ सञ्चित नोक्सानी व्यहोरेको थियो । तर, ४०–५० को दशकमा आइपुग्दा मिलको सञ्चित घाटा ७९ करोड १७ लाख पुगेको थियो । ५० को दशकपछि चरम राजनीतीकरण र मिल्स लिजमा दिएर चलाउने र बन्द गर्ने प्रवृत्ति देखियो । जसकारण ६० को दशकसम्म आइपुग्दा मिलले २ अर्ब ६ करोड रुपैयाँ सञ्चित नोक्सानी व्यहोरेको थियो ।

तत्कालीन उद्योगमन्त्री अनिल झालाई कारबाही गर्न आयोगको सिफारिस:जुटमिलमा भएको अनियमितता जाँचबुझ गर्न गठन भएको आयोग भन्छ, ‘जग्गा व्यक्तिको नाममा बनाउन वैधानिक रूपमा भूमिका खेलेको भन्दै विभागीय मन्त्रीको रूपमा तत्कालीन उद्योगमन्त्री अनिल झालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिन्छ ।’ झाले विराटनगर जुटमिल सञ्चालक समितिको निर्णय नै नगराई उद्योगलाई नोक्सान हुने गरी २३ पुस ०६९ मा मन्त्रीस्तरीय निर्णय गरी मिलको जग्गा व्यक्तिलाई दिने निर्णय गरेकाले कारबाहीका लागि सिफारिस गरिएको हो ।

विराटनगर जुटमिललाई घाटामा पुर्याउने गरी मन्त्रीले आफ्नो क्षेत्राधिकार बाहिर गई निर्णय गरेको भन्दै नियमसंगत मान्न नसकिने ठहर जाँचबुझ आयोगको छ । तत्कालीन मन्त्री झाले विराटनगर जुटमिल सञ्चालक समितिको निर्णयलाई छलेर आफैँले मन्त्रीस्तरीय निर्णय गरी २३ पुस ०६९ मा जुटमिलका संरचना भत्काएर मिलको जग्गा व्यक्तिलाई दिलाउन भूमिका खेलेका थिए । नयाँ पत्रिका दैनिकबाट