१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण खेलमा आज नेपाल र भुटान भिड्दै



अ+ अ-

काठमाडौं । नेपाली यू–१५ महिला फुटबल टिमले आज (सोमबार) पहिलो मैत्रीपूर्ण खेल भुटानको यू–१५ महिला फुटबल टिमसँग खेल्दैछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल नेपाली समय अनुसार अपरान्ह २ बजे सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल निशुल्क हेर्न सकिने जनाईएको छ ।

महिला फुटबल विकासको लागि मैत्रीपूर्ण खेल आयोजना गरिएको एन्फाले जनाएको छ । अर्को मैत्रीपूर्ण खेल भने बुधबार हुनेछ ।