५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विलियनको नायकीमा चेल्सीको जित



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली टोटेनहमलाई २–० गोल अन्तरले चेल्सीले हराएको हो । १० खेलाडीमा सिमित घरेलु टोलीमाथि चेल्सीले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको १२ औं मिनेटमा विलियमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४५ औं मिनेटमा विलियमले पेनाल्टीमा गोल गोल गर्दै चेल्सीलाई २० को जित दिलाए ।

खेलको ६२ औं मिनेटमा सन ह्युङ मिनले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । चेल्सीले हासिल गरेको जित एन्टोनियो रोडजरमाथि गरिएको रंगभेदी व्यवहारको कारण छायाँमा पर्यो । टोटेनहमका फरवार्ड सनले मैदान छाड्ने घटनामा रोडजर जोडिएका थिए । रेफ्रीले भिएआरमार्फत सनलाई रातो कार्ड देखाएका थिए ।

खेल भावना विपरित आचरण गरेको आरोपमा रेफ्रीले उनलाई मैदान बाहिर पठाएका थिए । सोही समय लगत्तै २६ वर्षीय फरवार्डमाथि टोटेनहमका प्रशंसकले रंगभेदी दुव्र्यवहार गरेका थिए ।लण्डन क्लब चेल्सीको नेतृत्व गरिरहेका फ्रान्क लाम्पार्डले पुर्व प्रशिक्षक जोसे माउरिन्होमाथि जित हासिल गर्न सफल भएका छन् ।

लाम्पार्डले लामो समय माउरिन्होको नेतृत्वमा रहेर चेल्सीबाट खेलेका थिए । जितसँगै चेल्सीले १८ खेलमा ३२ अंक जोडेको छ । चेल्सी तालिकाको चौंथो स्थानमा रहेको छ ।पराजित टोटेनहम २६ अंक जोडेर लिगको सातौं स्थानमा रहेको छ ।