१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित

सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित
अ अ+ अ-

काठमाडौँ।  भुमजैथाई पार्टीका सांसद सोफोन जराम आईतवार थाइल्याण्डको प्रतिनिधि सभाको नयाँ सभामुखमा निर्वाचित हुनुभएको छ ।

थाई संविधानअनुसार प्रतिनिधि सभाका सभामुख राष्ट्रिय सभाको अध्यक्ष पनि हुनेछन् । नयाँ सभामुखले शाही अनुमोदन पछि आधिकारिक रूपमा पदभार ग्रहण गर्नुहुनेछ ।

गत महिनाको आम निर्वाचनपछिको पहिलो संसदीय अधिवेशनमा सोफोनले पिपुल्स पार्टीका उम्मेदवार परित वाचरासिन्धुविरुद्ध सभामुख पदका लागि उम्मेदवारी दिनुभएको थियो ।

कार्यवाहक सभामुख पैरोज लोहसुन्थर्नले घोषणा गरेअनुसार गोप्य मतदानमा सोफोनले २ सय ८९ मत प्राप्त गरी नयाँ सभामुख बन्न सफल हुनुभयो भने परितले १ सय २३ मत प्राप्त गर्नुभयो ।

सोफोन जराम सन् २००८ मा भुमजैथाई पार्टीमा प्रवेश गरेका थिए र सन् २००८ देखि २०११ सम्म देशको यातायात मन्त्रीको रूपमा काम गर्नुभएको थियो ।

उहाँले सेप्टेम्बर २०२५ देखि थाइल्याण्डको कार्यवाहक उपप्रधानमन्त्रीको पद सम्हाल्दै आउनुभएको थियो । आफ्नो भिजन स्टेटमेन्टमा सोफोनले जनहितलाई अधिकतम बनाउन कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) जस्ता आधुनिक उपकरणहरूसँग अनुभवलाई जोड्न संसदलाई आह्वान गर्नुभयो ।

उहाँले संसदीय संयन्त्रहरूले नागरिकका कठिनाइहरूलाई प्रकाशमा ल्याउन प्राथमिकता दिनुपर्ने र साथै व्यवस्थापिका र कार्यपालिका शाखाहरू बीच उच्च गुणस्तरीय, सन्तुलित र तर्कसंगत निगरानी सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ ।

सभामुखको निर्वाचन पछि प्रतिनिधि सभाले आगामी दिनहरूमा प्रधानमन्त्रीको लागि मतदान गर्न अधिवेशन बोलाउनेछ । प्रतिनिधि सभाका आधाभन्दा बढी सदस्यको समर्थन प्राप्त गर्ने उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित हुनेछन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल