८ आश्विन २०८१, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहका सरकारबीच समन्वय जरुरी: मुख्यमन्त्री सिंह कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत: आईएमएफ चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ: डा. शेखर कोईराला कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली भू-भाग मिच्दा सरकार किन मौन ?



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता गराउने सवालमा अडान लिन नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले सुगौलि सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका साथ राख्न नसकेकोमा आलोचना गर्नुभएको हो । उहाँले सिमा सुरक्षा र अतिक्रमणमा परेको भूमि फिर्ता गर्ने सम्बन्धमा भएका प्रयास बारे सदनलाई जानकारी गराउन पनि सरकारसंग माग गर्नुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीले के गरिरहनु भएको छ ? परराष्ट मन्त्रालयले के गरिरहेको छ ? सरकारका अन्य निकायहरुले के गर्देछन् । यो समस्या कसरी समाधान हुन्छ ? हामी नेपालीहरु स्पष्ट छौ । कसैको हामीले के इन्च जग्गा मिच्नु पनि छैन । र नेपालको एक इन्च जग्गा दिनु पनि छैन । यो कुरा हामीले सप्रमाण भारत समक्ष किन राख्न सक्दैनौ ? सुगौली सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्छ भन्ने कुरा दृढताका साथ हामी किन राख्न सकिरहेका छैनौ । यो कुरा प्रधानमन्त्रीले सदनमा आएर पनि जवाफ दिनुपर्छ । भारत संग पनि यो समस्या समाधानका लागि तत्काल अग्रसरता लिनुपर्छ ।”

नेपालको जमिन मिचेर भारतले राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको ४ सय वर्ग किलोमिटर भूमि मिच्ने काम भएको दाबी गर्दे सिमा माथि धावा बोल्ने काम हुदा पनि सरकार मौन बसेकोमा आक्रोश पोख्नुभयो । उहाँले वर्तमान सरकारले भ्रष्टाचारमा र्कितिमान कायम गरेको दाबी पनि गर्नुभयो ।

समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य रामपृत पासवानले व्यवस्था परिर्वतन भएपनि सर्वसाधरणले परिर्वतनको अनुभूति गर्न नसकेको बताउनुभयो । सर्वहाराका नेता भन्न रुचाउनेहरुमा मात्रै परिर्वतन आएको भन्दै उहाँले विभेदरहित समाज भाषण मा नभई व्यवहारमा देखाउन सरकारलाई चुनौति दिनुभयो । उहाँले भन्नुभयो “आफूलाई सर्वहाराका नेता भन्नेहरु आज धनाड्य बन्न पुगेका छन् । त्यो मात्रै परिर्वतन भएको छ । नेपाली जनता जनताहरुको घरमा आज गरिबी त्यत्तिकै छ । महंगाईको शिकार जनताहरु त्यत्तिकै छन् । आज आलु किन्न जनताहरुले सकिरहेका छैनन् । दैनिक उपभोग्य बस्तु किन्न नसकेर जनताहरु त्राहिमाम छन् । जनताहरु त्रसित छन् । अनि केमा सरकारले स्वाङ्ग गर्देछ । सरकारले नाक फुलाउने अवस्था त म देख्दै देख्दिन ।”

विभेद र भ्रष्ट्राचारको अन्त्य भएर युवाहरुले स्वदेशमै रोजगारी नपाएसम्म मुलुक सम्मृद्ध हुन नसक्ने भन्दै वर्तमान सरकारको समयमा एनसेल, गोकर्ण रिसोर्ट लगायत ठूला ठूला भ्रष्टाचारको काण्डै काण्ड भएको दाबी गर्नुभयो । उहाँले प्रत्यक्ष र समानुपातिक सांसदलाई विभेद गरिएकोमा पनि आपत्ति जनाउनुभयो ।