१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

पाकिस्तानद्वारा अफगानी सैन्य शिविरमा आक्रमण

पाकिस्तानद्वारा अफगानी सैन्य शिविरमा आक्रमण
अ अ+ अ-

इस्लामावाद। पाकिस्तानले आइतबार आफ्नो सेनाले दक्षिणी अफगानिस्तानमा रहेको सैन्य सुविधा र आतङ्कवादी लुकेका स्थानमा आक्रमण गरेको बताएको छ ।

सुरक्षा स्रोतका अनुसार तालिबान प्रशासनका सर्वोच्च नेता हिबातुल्लाह अखुन्दजादाको घर मानिने कान्दाहारमा पाकिस्तानी सैनिकले प्राविधिक पूर्वाधार र उपकरण भण्डारणस्थललाई प्रभावकारी रूपमा नष्ट गरेको छ ।

अफगानिस्तानको तालिवान र पाकिस्तानी तालिबान लडाकू समूह (टिटिपी) ले प्रयोग गरेको कान्दाहारको सुरुङलाई लक्षित गरी अर्को आक्रमण गरिएको बताइएको छ ।

पाकिस्तानतर्फ रहेको बाजौरको एक घरमा अफगान आक्रमणमा परी चार जना सर्वसाधारणको मृत्यु भएको सेनाले जानकारी दिएको छ ।

दुवै पक्षले नागरिकलाई निशाना नबनाउने बताएका छन् । घटनास्थल दुर्गम स्थानमा रहेका कारण मृत्यु र चोटपटकको स्वतन्त्र प्रमाणिकरण प्राप्त गर्न गाह्रो छ ।

कान्दाहारका स्थानीय बासिन्दाले एएफपीसँग बताए अनुसार उनीहरूले जेट विमानहरू शहरमाथि उडिरहेको देखेका थिए र रातको समयमा विस्फोटको आवाज सुनेका थिए।

“सैन्य विमानहरू सैन्य सुविधा रहेका पहाडको माथि आकाशमा उडेका र एक्कासी विस्फोटका आवाज सुनिएको थियो,” एक प्रत्यषदर्शीले बताए ।

कान्दाहारको दक्षिणपूर्वमा रहेको स्पिन बोल्दाकमा पनि हवाई आक्रमण भएको सुनिएको स्थानीयले बताएका छन् भने पूर्वी सीमावर्ती खोस्त प्रान्तका अधिकारीहरूले शनिबार राति झडप भएको बताएका छन्।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले कान्दाहारमा रहेको लागूऔषध सुधार केन्द्र र एउटा खाली कन्टेनरमा केही क्षति पुगेको बताएका छन् ।

“उनीहरूले कुरा गरिरहेका प्रभावित ठाउँहरू यी दुई ठाउँबाट धेरै टाढा छन्,” उनले थपे। अफगानिस्तानले गरेको ‘ड्रोन आक्रमण’ शुक्रबार राति रोकिएका विफल आक्रमण भएको शनिबार पाकिस्तानले जनाएको छ ।

राजधानी इस्लामाबाद नजिकै रावलपिण्डीमा रहेको पाकिस्तानी सैन्य मुख्यालयसहित कम्तीमा तीन स्थानलाई निशाना बनाइएको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीको कार्यालयले अफगान तालिवानले सर्वसाधारणलाई निशाना बनाएर ‘सीमा रेखा नाघेको’ आरोप लगाएको छ ।

पाकिस्तानमा भएको आक्रमणपछि इस्लामावादले गत महिना अफगानिस्तानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो ।

तालिबान सरकारले अफगानिस्तानको भूभाग आतङ्कवादका लागि प्रयोग नगरेको दाबी गर्दै आएको छ भने पाकिस्तानले सर्वसाधारणलाई निशाना नबनाउने बताउँदै आएको छ ।

हालैका हप्ताहरूमा सीमामा बारम्बार झडपहरू भएका छन्, जसले व्यापारमा बाधा पुर्याएको छ र नजिकैका बासिन्दाहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घको मिसनले गत फेब्रुअरी २६ देखि जारी द्वन्द्वका क्रममा कम्तीमा ७५ जना सर्वसाधारणको मृत्यु भएको र १९३ जना घाइते भएको शुक्रबार जनाएको छ । (रासस/एएफपी)