३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिँदै



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिएको छ ।

केहीबेर अघिदेखि प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरु भएको छ । स्वयंसेवकहरूले प्रतिनिधि कार्डको आधारमा प्रवेश अनुमति दिइरहेका छन् ।  देशभरबाट छानिएर आएका १ हजार ६ सयभन्दा धेरै महाधिवेशन प्रतिनिधिहरु बन्दसत्रमा सहभागी भएका छन् । 

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस गरिने माओवादीले जनाएको छ । बन्दसत्रमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । माओवादीले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।