१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

धार्मिक महत्वको लुङबुक गुफा

धार्मिक महत्वको लुङबुक गुफा
अ अ+ अ-

मुस्ताङ। यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरुपी पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो– लुङबुक गुफा ।

अहिले यस गुफाको करिब ७० प्रतिशत भाग पूरै हिउँले ढाकिएको छ । बर्खायाममा सामान्य देखिने लुङबुक गुफाको स्वरुप हिउँदयाममा पूरै स्वरुप परिवर्तन हुन्छ । अक्सर यो लुङबुक गुफा बर्सेनि मङ्सिरदेखि चैत महिनासम्म हिउँको घुम्टोभित्र लुकेको हुन्छ । अझै भनौ पुस र माघमा गुफा अवलोकन गर्न जाने हो भने लुङबुक गुफाको सबै भागलाई हिउँले ढाकिदिएको हुन्छ ।

ऐतिहासिक तथा धार्मिक सम्पदाले भरिएको लुङबुक गुफालाई पुस र माघमा विशाल पहाडको उचाइबाट फेदैसम्म सेताम्मे हिउँको बरफका ढिस्का ढिस्काले छपक्कै ढाकिएको हुन्छ । तर, जाडोयाममा यहाँ खासै कोही नजाने हुनाले गुफाको वास्तविक स्वरुप र हिउँदयामको मौसममा गुफाको प्राकृतिक सौन्दर्यताबाट धेरैजसो पर्यटक बेखबरजस्तै हुने गर्छन् ।

लुङबुक गुफा पन्ध्रौँ शताब्दीमा गुरु रिन्पोछे अर्थात् पद्मसम्भवले ध्यान साधना गरेको धार्मिकस्थलका रूपमा लिने गरिन्छ । गुरु पद्मसम्भव त्यसबेला तिब्बत जाने क्रममा यहाँ अवस्थित लुङबुक गुफामा बसेर ध्यान साधना गरेको भन्ने धार्मिक किंवदन्ती रहेको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँले पद्मसम्भवले ध्यान साधना गरेको स्थान लुङबुक गुफालाई यहाँको फल्याक र धाकार्रजुङ गाउँका स्थानीयले साझा धार्मिकस्थलका रूपमा लिने गरेको बताउनुभयो ।

हिउँदयाममा पूरै हिउँको घुम्टोभित्र लुक्ने लुङबुक अवलोकनका लागि पछिल्लो समय पर्यटक त्यहाँ पुग्ने गरेको पाइएको छ । बर्खायामभन्दा हिउँदयाममा हिउँले ढाकिएको गुफाको सौन्दर्य नियाल्न पर्यटक त्यहाँ पुग्ने गरेका पाइएको छ । लुङबुक गुफाको दर्शन गर्ने र हिउँले ढाकिएको गुफाको प्रोफाइल राख्न फोटो खिच्ने उद्देश्यले पनि हिउँदयाममा पर्यटक केही बढी जाने गरेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

हिउँदयाममा हिउँले ढाकिने लुङबुक गुफा गर्मीयाममा विस्तारै पग्लिएर सामान्य स्वरुपमा रहने वडाध्यक्ष गुरुङको भनाइ छ । लुङबुक गुफाभित्र सानो चट्टान प्वालबाट मुन्टो निहुराएर मुस्किलले प्रवेश गर्न सकिन्छ । हिउँदयाममा हिउँ जमेर बस्ने भएकाले गुफाभित्र पस्न सकिँदैन । हिउँको बरफ पग्लिने समय चैत–वैशाखदेखि कात्तिकसम्म गुफा प्रवेश गर्न सकिन्छ ।

स्याङ्जाका पर्यटक नारायण पौडेलले लुङबुक गुफाको दर्शन र हिउँले ढाकिएको गुफाको प्राकृतिक सौन्दयैताले मोहित तुल्याएको बताउनुभयो । बुद्ध धर्म र पद्मसम्भवसँग जोडिएको हुनाले गुफाको धार्मिक महत्व अधिक रहेको र यसको प्रचारप्रसार गर्नसके पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने बताउनुभयो । लुङबुक गुफालाई बुद्ध धर्मअन्तर्गत निङमापा धर्म सम्प्रदायसँग जोडिएको बताइन्छ । गुफामा पुगेर धार्मिक अनुष्ठान गरेमा मोक्ष प्राप्ति हुने भएकाले स्थानीय नागरिकमा ठूलो आस्था र विश्वास छ । गुफाभित्र आश्चार्यचकित लाग्ने प्राकृतिक रूपले निर्मित धार्मिक सम्पदा जीवन्त छ । गुफाभित्र पद्मसम्भवका ससाना प्रतिमा देख्न सकिन्छ । सन्तान नभएकाले सन्तान प्राप्तिका लागि गुफाभित्र दर्शन गरेमा सन्तान प्राप्ति हुने धार्मिक जनविश्वास छ ।

जोमसोमका स्थानीय पवन गुरुङले लुङबुक गुफा एकपटक दर्शन गर्नैपर्ने धार्मिक गन्तव्य रहेको बताउनुभयो । सेताम्मे हिउँले ढाकिएको गुफामा पुग्दा गौरवान्वित महसुस भएको गुरुङले उल्लेख गर्नुभयो । जोमसोम–कोरला मुख्य राजमार्गदेखि २० मिनेटको सवारीसाधनको यात्रा र ४५ मिनेटको पैदलयात्रापछि लुङबुक गुफा पुग्न सकिन्छ ।

गुफाको रेखदेख तथा संरक्षणका साथै गुफामा पुग्ने भक्तजनलाई पकाएर खाने र बस्नेसमेत व्यवस्था फल्याक र धाकार्रजुङका गाउँ समाजले गरेको छ । गुफासम्म पुुग्ने गोरेटो बाटो प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले निर्माण गरेको छ । रासस