३० जेष्ठ २०८३, शनिबार
,
Latest
गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा



अ+ अ-

गण्डकी। जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत मोटरसाइकलको स्वरुप परिवर्तन गरी, ठूलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने, समाजलाई आतङ्कित पार्ने र शान्ति सुव्यवस्था खलल पार्ने १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

यस्ता गतिविधि बढिरहेको भन्ने जनगुनासो आएपछि गएराति १ः०० देखि बिहान ६ः०० बजेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा-६ लेकसाइडबाट चर्को आवाजमा ध्वनि प्रदूषण गर्दै हिँड्ने, शान्ति सुव्यवस्थामा खलल पार्ने र नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीसँग झैझगडा गर्ने १० वटा मोटरसाइकल र छ जना चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सवारीसाधन धनीले आफ्नो साधन ‘मोडिफाई’ नगरी पूर्ववत् असली स्वरुपमा चलाउन र मोडिफाई गर्ने कार्यमा ग्यारेज, वर्कसप र रिकन्डिसन हाउस सञ्चालकले समेत उक्त कार्य नगर्न/नगराउन पनि प्रहरीले अनुरोध गरेको छ ।

सवारी मोडिफाई गरी चलाइएको पाइएमा सवारीसाधन धनी र उक्त कार्यमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही हुने प्रवक्ता बस्नेतले बताउनुभयो ।