५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिपिएल: धनगढी र पोखरा बाहिरिए



अ+ अ-

काठमाडौँ । कास्कीको पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा धनगढी एक्सपर्ट र पोखरा राइनोज प्रतियोगिताबाट बाहिरिएको छ । पोखराले पाँच खेलमा एउटामा मात्र जित हात पार्यो । अङ्क तालिकाको पुछारमा रह्यो । धनगढीले दुई खेलमा जित निकाले पनि अङ्क तालिकाको चौथो स्थानमा रहेसँगै प्रतियोगिताबाटै बाहिरिएको हो ।

पहिलो स्थानमा रहेको चितवन राइनोज र तेस्रो स्थानमा रहेको काठमाडौँ गोल्डेन्सले आज लिग चरणको आफ्नो अन्तिम खेल खेल्दैछन् । चितवन अहिलेसम्म अपराजित रहेको छ । आठ अङ्कसहित ऊ शीर्षस्थानमा छ । पारस खड्का नेतृत्वको चितवनको ध्यान फाइनल खेल्नेमा मात्र छ । ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको काठमाडौँ विजयी भए उसको प्लेअफमा पुग्ने सम्भावना जीवितै रहनेछ । पराजित भयो भने विराटनगर र बुटवलबीचको खेलको नतिजा कुर्नुपर्ने छ ।

प्रतियोगिताको शीर्षटोलीले उपाधि जित्नका लागि शनिबार खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि बिहीबार इलिमिनेटर खेल खेल्नेछ । पोखरा प्रिमियर लिगको उपाधि विजेता टालीले रु २७ लाख पुरस्कार पाउनेछ । उपविजेताले रु १० लाख प्राप्त गर्नेछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुरु भएको प्रतियोगिता पुस १२ गते सकिनेछ।

प्रतियोगितमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स वारीयर्स र धनगढी एक्सपर्ट खेलिरहेका छन् । प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउनेछन् । यस्तै मोस्ट भ्यालुएवल खेलाडीले रु एक लाख तथा उदीयमान खेलाडीले रु ५० हजार पुरस्कार पाउनेछन् ।