१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन
oplus_6291456
अ अ+ अ-

उदयपुर। सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको छ । कटारी–४ स्थित त्रिवेणी माविको ५८औँ वार्षिकोत्सवका अवसरमा आज प्रधानन्यायाधीश राउतलाई अभिनन्दन गरिएको हो ।

वार्षिकोत्सवका अवसरमा आयोजित बृहत् कार्यक्रमका बीच प्रधानन्यायाधीश राउतलाई विद्यालय परिवारले अभिनन्दन गरेको हो । “यस विद्यालयको पूर्वविद्यार्थी राउतलाई देशको सर्वोच्च स्थानमा पुगेर दिनुभएको योगदानको कदर गर्दै अभिनन्दन गरेका हौँ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिराज दाहालले भन्नुभयो, “उहाँलाई विद्यार्थीहरूको माझ अभिनन्दन गरेपछि विद्यार्थीहरूलाई पनि थप प्रेरणा मिल्छ ।”

दोसल्ला र अभिनन्दनपत्रले अभिनन्दित भएपछि प्रमुख अतिथि राउतले आफू जहिले पनि यो विद्यालय आसपास रहेको स्मरण गर्नुभयो । “विसं २०३३ मा एसएलसी दिएपछि यो विद्यालयबाट टाढिए पनि म सधैँ यहीँ छु जस्तो लाग्छ”, प्रधानन्यायाधीश राउतले भन्नुभयो, “यो विद्यालयले दिएको असल शिक्षा र ज्ञानको उपलब्धिले नै म यहाँ आइपुगेको हुँ ।”

वार्षिकोत्सवका अवसरमा विद्यालयका एकमात्र जीवित संस्थापक सेक्रेटरी (सचिव) राउतकै पिता बलबहादुर राउत, पूर्वप्रधानाध्यापक राजेन्द्रप्रसाद निरौला, पूर्वशिक्षक रामकुमार दाहाल (शास्त्री सर), इन्द्रनारायण गोइत (आइएनजी सर)लाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा प्रमुख अतिथि राउत, विशेष अतिथि कटारीका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठलगायतले विद्यालयले प्रकाशन गरेको स्मारिका विमोचन गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख श्रेष्ठले यस विद्यालयको हरेक सफलतामा नगरपालिकाले साथ दिएको र विद्यालयका विद्यार्थीहरूले पनि हरेक विधामा सफलता प्राप्त गरेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै अझ थप भौतिक संरचना आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका अवसरमा विद्यालयमा कार्यरत प्राथमिक तहका शिक्षिका अम्बिका राई उत्कृष्ट वर्ष शिक्षकको रूपमा सम्मानित हुनुभयो भने अन्य विधामा खेलकुदतर्फ शिक्षक आयुस कार्कीलाई प्रशंसापत्र प्रदान गरियो । रासस