२३ श्रावण २०८३, शनिबार
,
Latest
देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्वी द्वन्द्वले नेपालमा रेमिट्यान्स र इन्धन आपूर्तिमा संकट निम्त्याउने आशंका



‘पश्चिम एसियाको समस्या र नेपाली अर्थतन्त्रमा देखिने प्रभाव’ विषयक अन्तरक्रिया काठमाडौँ, २९ फागुनः नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा शुक्रबार अनामनगरमा आयोजित ‘पश्चिम एसियाको समस्या र नेपाली अर्थतन्त्रमा देखिने प्रभाव’ विषयक अन्तरक्रियामा अर्थशास्त्री डा गुणाकर भट्ट, श्रमविज्ञ डा रामेश्वर नेपाल लगायत । तस्बिरः किरणराज विष्ट÷रासस
अ+ अ-

काठमाडौँ । नेपालमा रेमिट्यान्स र इन्धनको प्रमुख स्रोत रहेका मध्यपूर्वी देशहरुमा बढ्दो तनावका कारण मुलुकको अर्थतन्त्र र ऊर्जा क्षेत्रमा नकारात्मक प्रभाव पर्नसक्ने चेतावनी दिइएको छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको ‘पश्चिम एसियाको समस्या र नेपाली अर्थतन्त्रमा देखिने प्रभाव’ विषयक अन्तरक्रियामा अर्थ–आप्रावसन क्षेत्रका विशेषज्ञहरुले सरकारले तत्काल पूर्वतयारीमा ध्यान दिनुपर्ने सुझाव दिए। अमेरिकी–इजरायल र इरानी तनावले विश्वव्यापी ऊर्जा सङ्कट गहिरिँदै गएको र नेपालजस्ता रेमिट्यान्समा निर्भर र आयातित इन्धनमा भरपर्ने मुलुकमा असर पर्ने बताइएको छ।

पूर्वराष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पेट्रोलियम पदार्थ र दैनिक अत्यावश्यक वस्तुको उचित मौज्दात राख्न र त्यसको व्यवस्थापनमा सरकार सक्रिय हुनुपर्ने जोड दिए। “नेपाल पेट्रोलियम पदार्थको आयातमा भारतमा निर्भर छ, त्यहाँ अभाव देखिए नेपालमा तत्काल प्रभाव पर्छ,” उनले भने ।

श्रम आप्रवासन विशेषज्ञ रामेश्वर नेपालले मध्यपूर्वी तनावका कारण नेपाली श्रमिकको रोजगारी र सुरक्षामा चुनौती थपिने बताए। अहिले खाडी मुलुकमा झन्डै २० लाख नेपाली श्रमिक कार्यरत छन्। उहाँले प्रभावित क्षेत्रका श्रमिकलाई उद्धार र सुरक्षामा सरकारले सुनिश्चित कदम चाल्नुपर्ने बताएका छन्।

सेजनका अध्यक्ष भागवत भट्टराईले ठूलो संख्यामा नेपाली श्रमिक रहेका मध्यपूर्वी क्षेत्रमा विकसित घटनाक्रमले नेपालमा आर्थिक र सामाजिक अस्थिरता निम्त्याउन सक्ने र त्यसका लागि सरकारलाई चाँडै योजना बनाउन आवश्यक रहेको उल्लेख गरे।