५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशस्तरीय महिला फुटबल पुस ११ देखि



अ+ अ-

झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि हुने भनिएको प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिता प्राविधिक कारणले पुस ११ गतेदेखि सञ्चालन हुने गरी सरेको छ ।

बिर्तामोड फुटबल क्लबको आयोजनामा हुने ‘तमू ल्होसार गोल्डकप–२०७६’ महिला फुटबल प्रतियोगिता तमू ल्होसारकै अवसर पारेर सञ्चालन गरिने भएको हो । यसअघि २०६३ सालमा महिला फुटबल प्रतियोगिता झापामा भएको थियो ।

पुस १५ गतेसम्म हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र उदयपुरका टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष डिके गुरुङले जानकारी बताउनुभयो । प्रतियोगिताको विजेताले नगद रु एक लाख एक हजार १११ र उपविजेताले रु ५१ हजार १११ प्राप्त गर्ने छन् । अध्यक्ष गुरुङका अनुसार हरेक वर्ष ल्होसारको अवसरमा महिला फुटबल प्रतियोगिता गर्ने योजना रहेको छ ।