१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मध्यपूर्वी युद्धले म्यान्मा सङ्कट थप गहिरिने जोखिम

मध्यपूर्वी युद्धले म्यान्मा सङ्कट थप गहिरिने जोखिम
अ अ+ अ-

जेनेभा। मध्यपूर्व युद्ध र सहायतामा विश्वव्यापी ध्यान केन्द्रित हुँदा म्यान्माको बढ्दो मानव अधिकार उल्लङ्घन र मानवीय सङ्कट ‘अझ खराब’ हुने खतरा रहेको संयुक्त राष्ट्रसङ्घका शीर्ष विज्ञले चेतावनी दिएका छन्।

म्यान्माको सेनाले ‘कू’ गरेर सत्ता खोसेको पाँच वर्षभन्दा बढी समयपछि पनि जुन्ताले नागरिकमाथि निरन्तर आक्रमण गरिरहेको छ र आवश्यक मानवीय सहायतामा अवरोध पु¥याइरहेको म्यान्माका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक टम एन्ड्रयूजले एएफपीलाई दिएको अन्तर्वार्तामा बताउनुभएको छ ।

एन्ड्रयूजले भन्नुभयो, “मध्य पूर्वमा युद्धले म्यान्मा सङ्कटलाई नाटकीय रूपमा बढाउने जोखिम छ र यसले अन्तर्राष्ट्रिय दृष्टिकोणबाट म्यान्मालाई अझ बढी ओझेलमा पार्नसक्छ ।”

“अहिले अवस्था निकै बिग्रेको छ । अझ खराब हुन सक्छ्,” हार्वर्ड विश्वविद्यालयको दक्षिणपूर्वी एसिया मानव अधिकार परियोजनाका प्रमुखसमेत रहनुभएका अमेरिकी डेमोक्र्याटिक पार्टीको तर्फबाट मेनको प्रतिनिधित्व गर्ने पूर्व सांसदसमेत रहनुभएका एन्ड्रयूजले भन्नुभयो ।

अमेरिका र इजरायलको २८ फेब्रुअरीमा इरानमाथि भएको संयुक्त हवाई आक्रमणबाट मध्यपूर्वमा युद्ध सुरु हुनुअघि नै म्यान्मा मानवीय सहायतामा उल्लेखनीय कमीले प्रभावित भएको एन्ड्रयूजले चेतावनी दिनुभएको छ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यभार सम्हालेपछि विश्वव्यापी अन्तर्राष्ट्रिय कोषमा सहायता कटौतीको कारण नाटकीय रूपमा गिरावट आएको थियो ।

अन्तर्राष्ट्रिय ध्यान र स्रोतहरू मध्यपूर्वमा केन्द्रित हुँदा त्यो सहायता अब अझ घट्ने सम्भावना छ। “मध्यपूर्व युद्धले म्यानमारमा अधिकारको रक्षा र प्रवद्र्धन र सहायता प्रदान गर्न काम गरिरहेको संयुक्त राष्ट्र सङ्घ ‘घेराबन्दीमा छ’ भन्ने धारणालाई पनि गहिरो बनाएको छ,” विशेष प्रतिवेदकले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्ले नियुक्त गरेका स्वतन्त्र विज्ञ एन्ड्रयुजले अन्तर्राष्ट्रिय सम्बन्धलाई ‘विशुद्ध लेनदेन’का रूपमा हेरिएको तथ्यको निन्दा गर्नुभएको छ।

एन्ड्रयूजले भन्नुभएको छ, “शक्तिले सही बनाउँछ भन्ने कुरा स्वीकार गर्ने संसार ‘असाधारण रूपमा खतरनाक’ हो।”

म्यानमारको अवस्था पहिले नै भयावह छ, नागरिकहरूमाथि आक्रमण तीव्र रूपमा बढिरहेको छ।

“सन् २०२१ मा ‘कू’ को पहिलो वर्षमा सेनाले नागरिक लक्ष्यहरूमा नौवटा हवाई आक्रमण गरेका थिए,” एन्ड्रयूजले भन्नु्भयो ।

गत वर्ष म्यानमारमा सर्वसाधारणको ठेगानामा एक हजार १४० वटा हवाई आक्रमण भएका थिए ।

“मानिसहरू केबल गृहयुद्धको द्वन्द्वमा फसेका छैनन्। यी मानिसहरूलाई निशाना बनाइएको छ।

उहाँले भन्नुभयो, “हालैका वर्षहरूमा अन्तर्राष्ट्रिय दबाबले सकारात्मक प्रभाव पारेको छ, जसले जुन्तामा हतियारको प्रवाहमा उल्लेखनीय कमी ल्याएको छ।” (रासस/एएफपी)