२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा देवघाटका सामाजिक परिचालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडाैँ । देवघाट गाउँपालिकामा सामाजिक परिचालक, सरसफाई सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा कार्यरत एक व्यक्तिविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला तनहुँ, देवघाट गाउँपालिकामा कार्यरत तत्कालीन सामाजिक परिचालक, सरसफाई सुपरीवेक्षक तथा उत्प्रेरक संयोजक होम बहादुर भारतीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

आयोगका अनुसार भारतीले उक्त पद प्राप्त गर्नका लागि शैक्षिक योग्यताको झुट्टा तथा नक्कली प्रमाणपत्र पेश गरेका थिए। त्यसपछि सोही प्रमाणपत्रका आधारमा पदमा बहाल रही उनले ओहदाको हैसियतअनुसार लाभ र सुविधा लिएको आरोप लगाइएको छ।

यसरी नक्कली प्रमाणपत्र पेश गरी सरकारी पदमा नियुक्ति लिएर लाभ लिएको कार्य भ्रष्टाचार भएको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको जनाएको छ।

आयोगले प्रतिवादी भारतीलाई भ्रष्टाचार निवारण ऐन, २०५९को दफा १६ को उपदफा (१) बमोजिम कसुर कायम गरी सोही ऐनअनुसार कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ।