९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता

कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
अ अ+ अ-

काठमाडाैँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको सिँचाइ अभावको समस्या समाधान गरिएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले यहाँ अटोजन (ट्युवेल) बोरिङ जडान गरेपछि स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध भएको हो । विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता थियो । रु ४० लाखमा सञ्चालित उक्त योजनामार्फत करिब ६० बिघा जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।

“यसअघि खेतमा सिँचाइ गर्नका लागि किसानले खोला तथा नदीबाट पम्पसेटको सहायताले पानी तान्नुपर्ने अवस्था थियो,” वडा नं ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीलेँले भने, “त्यसका लागि धेरै खर्च लाग्ने भएकाले किसान आर्थिक रूपमा मारमा परेका थिए ।”

स्थानीय किसान मोहन चौधरीले बोरिङ जडान भएपछि सिँचाइका लागि खोला–नदीबाट पानी तान्ने झन्झटिलो प्रक्रियाबाट मुक्ति पाइएको बताउनुभयो । बोरिङ जडानले यस क्षेत्रका तीन सय बढी किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् ।