७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्छः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीतिहरू ल्याउनुपर्ने बताएका छन् ।

बिहीवारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरू भएको फार्मा एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको स्मरण गराएका हुन् । उनले भने, “स्थिर सरकारले स्थायी नीति ल्याएर आर्थिक गतिविधि बढाउन सक्छ।”

ढकालले आगामी सरकारले करिब दुई तिहाई बहुमत नजिकको सरकार बन्न लागेकोले निजी क्षेत्रसँग सम्बन्धित विषयहरू रास्वपाको वाचापत्रमा पनि समावेश रहेको उल्लेख गरे। उनका अनुसार वाचापत्रमार्फत व्यक्त गरिएका निजी क्षेत्रमैत्री प्रतिवद्धताहरू इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ। यदि ती प्रतिवद्धताहरू प्रभावकारी रूपमा लागू भएमा छोटो समयमा धेरै काम गर्न सम्भव हुनेछ।

अध्यक्ष ढकालका अनुसार सरकारले वाह्य तथा आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने खालका नीतिहरू बनाउनु आवश्यक छ। उनले कतिपय भूतप्रभावी कानूनका कारण लगानीकर्तामा निराशा आइरहेको भन्दै त्यस्ता कानून लागू नहुने सुनिश्चितता राज्यले गर्नुपर्ने बताए ।

ढकालका अनुसार भूतप्रभावी कानून लागू नहुने सुनिश्चितता भएमा मुलुकमा छिट्टै आर्थिक गतिविधि बढाउन सकिन्छ, आन्तरिक रोजगारी सिर्जना गर्न मद्दत पुग्छ, र राजश्व सङ्कलन बढेसँगै पूर्वाधार निर्माणमा समेत सहयोग पुग्छ।