६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७० पुग्यो

लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७० पुग्यो
अ+ अ-

काठमाडाैँ । लेबनानमा जारी इजरायली आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या ५७० पुगेको छ । लेबनानी मन्त्रिपरिषद्को प्रकोप जोखिम व्यवस्थापन इकाईले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत मार्च २ देखि सुरू भएको तनावमा हालसम्म १ हजार ४ सय ४४ जना घाइते भएका छन् ।

यस द्वन्द्वले देशभर ठूलो स्तरमा विस्थापन निम्त्याएको छ । सरकारी तथ्याङ्कअनुसार हालसम्म करिब ७ लाख ५९ हजार ३०० जना विस्थापितका रूपमा दर्ता भएका छन् । अधिकारीहरूका अनुसार युद्धका कारण घर छोड्न बाध्य भएका परिवारहरूका लागि विभिन्न क्षेत्रमा ५८० वटा आश्रयस्थलहरू स्थापना गरिएका छन्, जहाँ हाल १ लाख २२ हजार ६०० विस्थापित मानिसहरू बसोबास गरिरहेका छन् ।

यसैबिच लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायलले मंगलबार दिउँसो बेरुतको दक्षिणी उपनगरीय क्षेत्रमा तीनवटा हवाई आक्रमण गरेको छ । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा पनि इजरायली आक्रमणहरू जारी रहेका छन् । हेजबुल्लाहले नोभेम्बर २७, २०२४ मा युद्धविराम घोषणा भएयता पहिलोपटक मार्च २ को बिहान लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेको बताएको छ।

हेजबुल्लाहको यस कदमपछि लेबनानी सरकारले सो समूहको सुरक्षा र सैन्य गतिविधिमा प्रतिवन्ध लगाउँदै, उसलाई केवल राजनीतिक कार्यमा सीमित रहन र आफ्ना हतियारहरू बुझाउन निर्देशन दिएको छ । इजरायली सेनाले हेजबुल्लाह विरुद्ध आक्रामक सैन्य अभियान शुरु गरेको जनाएको छ ।

यस अन्तर्गत लेबनानका विभिन्न भू–भागमा तीव्र हवाई आक्रमण र सीमा क्षेत्रमा स्थलगत सैन्य कारबाहीहरू भइरहेका छन् । इजरायलले लिटानी नदीको दक्षिणी क्षेत्र र बेरुतको दक्षिणी उपनगरीय क्षेत्रका बासिन्दाहरूलाई सो स्थान खाली गर्न चेतावनी समेत दिएको छ ।