१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

महिला भलिबल टोलीका कप्तान शाहीको प्रतिमा अनावरण

महिला भलिबल टोलीका कप्तान शाहीको प्रतिमा अनावरण
अ अ+ अ-

म्याग्दी। राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आज स्तम्भ अनावरण गरिएको छ ।

रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा जन्मनुभएकी शाहीले खेलकुदको माध्ययमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा जिल्लाको गरिमा बढाउन भूमिका निर्वाह गरेकामा जिल्ला खेलकुद विकास समिति म्याग्दीले उहाँको प्रतिमा निर्माण गरेको हो ।

दुई हातमा भलिबल रहेको पाँच फिट आठ इन्च उचाइको फाइबरबाट निर्मित प्रतिमा निर्माण गरिएको हो । उक्त प्रतिमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अनावरण गर्नुभयो ।

करिब रु आठ लाख अनुमान गरिएको प्रतिमा सहयोगदाताबाट आर्थिक सहयोग सङ्कलन गरी निर्माण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । करिब १५ वर्षदेखि भलिबल खेल्दै आउनुभएकी शाहीले एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डसहित विभिन्न प्रतिष्ठित अवार्ड प्राप्त गरिसक्नुभएको छ ।

सन् २०१३ मा माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गर्नुभएकी शाहीको कप्तानीमा नेपालले एभिसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत, काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत, च्यालेन्ज कपमा कांस्य पदक जितेको छ । रासस