२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई ऐतिहासिक कुटनीतिक सफलताः राष्ट्र संघद्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ घोषणा



अ+ अ-

काठमाडाैँ । नेपालले संयुक्त राष्ट्र संघमा आफ्नो पहल सफल बनाउँदै हरेक वर्षको अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ (इन्टरनेसनल वेलनेस डे) का रूपमा मनाउने घोषणा गराएको छ। मार्च १०, २०२६ मा बसेको संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले यो प्रस्ताव पारित गरेको हो।

नेपालको पहलमा पारित भएको यो प्रस्तावमा कुनै पनि अन्तर्राष्ट्रिय दिवस पहिलो पटक घोषित भएको बताइएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालका अनुसार नेपालको प्रस्तावलाई ४० वटा देशले सहप्रायोजन गरेका थिए, जसमा छिमेकी राष्ट्र भारत र चीनसहित दक्षिण एशियाका प्रायः सबै मुलुकहरू सामेल छन्।

ढकालले बताए अनुसार, यस घोषणाले विश्व मञ्चमा नेपालको उपस्थितिलाई थप सार्थक र गरिमामय बनाएको छ। विश्व शान्ति र मानव हितमा नेपालको सक्रिय भूमिका थप उचाईमा पुगेको छ भने, नेपालको छवि विश्वभर अझ उज्यालो भएको छ। यससँगै नेपाललाई विश्वव्यापी ‘आरोग्यता केन्द्र’ (वेलनेस सेन्टर) का रूपमा विकास गर्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।

साथै, सरकारले विश्वास लिएको छ कि यस प्रस्तावले नेपालको ‘सौम्य शक्ति’ (सफ्ट पावर) प्रवद्र्धन गर्न र पर्यटनमार्फत आर्थिक कुटनीति सुदृढ गर्न ठूलो योगदान पुर्‍याउनेछ। प्रस्ताव अनुसार, अन्तर्राष्ट्रिय आरोग्यता दिवसले भौतिक, मानसिक, भावनात्मक, सामाजिक, सांस्कृतिक र वातावरणीय हितलाई समग्र आरोग्यताको रूपमा स्थापित गर्ने छ।

नेपालले अब ‘वेलनेस टुरिज्म’ (आरोग्यता पर्यटन) मार्फत आर्थिक कुटनीति अगाडि बढाउने लक्ष्य राखेको छ। यसले दिगो विकास, रोजगारी सिर्जना, गरिबी निवारण र समावेशी आर्थिक वृद्धिमा गुणात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। योग, ध्यान र प्राकृतिक चिकित्सा जस्ता अनुभवका लागि विदेशी पर्यटकहरूलाई नेपाल आकर्षित गर्न यो कदम महत्वपूर्ण मानिएको छ।




भर्खरै