९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

पश्चिम एसियामा रहेका नेपाली सुरक्षित छन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छैनः परराष्ट्र सचिव राई

पश्चिम एसियामा रहेका नेपाली सुरक्षित छन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छैनः परराष्ट्र सचिव राई
अ अ+ अ-

काठमाडाैँ । पश्चिम एसिया (मध्यपूर्व) मा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र मन्त्रालय गम्भीर रहेको सरकारले स्पष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एशियाको विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको र हालसम्म त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिएका हुन् । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव राईले तत्कालै नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउनुपर्ने जस्तो जोखिमपूर्ण अवस्था नरहेको स्पष्ट पारे।

सचिव राईकाअनुसार परराष्ट्र मन्त्रालयले पश्चिम एशियामा रहेका आफ्ना कुटनीतिक नियोगहरूसँग दैनिक रूपमा बिहान र बेलुका गरी दुई पटकसम्म सम्पर्क गरिरहेको छ । सरकारले गठन गरेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ को बैठकले गरेका निर्णयहरू कार्यक्षेत्रमा रहेका नेपाली नियोगहरुमार्फत निरन्तर कार्यान्वयन भइरहेको उनले जानकारी दिए ।

नेपालले अन्य श्रम गन्तव्य मुलुकहरूसँग पनि समन्वय गरिरहेको पनि जानकारी दिए। भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका धेरै श्रमिक पठाउने देशका दुतावास र मिसनहरूसँग नेपाली राजदुत र कन्सुल जनरलहरुले दैनिक रूपमा समन्वय गरिरहेको सचिव राईले बताए ।

‘आवश्यक परे पानीजहाज नै चार्टर गरेर उद्धार गर्छौं’

सरकारले नागरिकको उद्धार गर्न सक्दैन कि भन्ने प्रश्नको जवाफ दिँदै सचिव राईले सरकार आफ्नो नागरिकको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गरे । कुनै विकल्प नभएको खण्डमा सरकारले जुनसुकै हालतमा पनि उद्धार गर्ने उनको भनाइ छ ।