९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत

काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन्।

बुधबार सिंहदरबारमा आयोजित पार्टीका राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सांसदहरूबिचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले पार्टीले हालैको निर्वाचनमा व्यहोरेको हारको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताए।

उनले विशेष महाधिवेशनकै कारण पार्टीले लज्जास्पद हार बेहोर्नुपरेको जिकिर गर्दै सभापति थापाले पदबाट राजीनामा दिनु उपयुक्त हुने धारणा राखे।

बस्नेतले विशेष महाधिवेशनको औचित्य नै समाप्त भइसकेको दाबी गरे। उनका अनुसार निर्वाचनअघि नै पार्टीभित्र सहमति, सहकार्य र एकताको वातावरण निर्माण गरेर चुनावमा एकजुट भएर जाने प्रस्ताव गरिएको भए पनि त्यो सुझावलाई बेवास्ता गरिएको थियो।

उनले पार्टीको नीति नै सहमति, सहकार्य र एकता भएको उल्लेख गर्दै अधिवेशनलाई निर्वाचनपछि सार्नुपर्ने मत आफूहरूले राखेको तर त्यसलाई नमानिएको बताए। विशेष महाधिवेशनको नाममा गरिएको भेलामार्फत पार्टी ‘कब्जा’ गरिएको आरोप समेत उनले लगाए।

बस्नेतले उक्त विशेष महाधिवेशन निर्वाचन आयोगसँग ‘सेटिङ’ गरेर गरिएको भन्दै त्यसकै परिणामस्वरूप पार्टी निर्वाचनमा पराजित भएको दाबी गरे। आगामी दिनमा पार्टी पुनः उठ्नका लागि आन्तरिक एकता अपरिहार्य रहेको उनको भनाइ थियो।

उनले नेतृत्वले हारको जिम्मेवारी स्वीकार गरी मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्दै सभापति थापाले राजीनामा दिने अपेक्षा आफूलाई रहेको बताए।