९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

सुशासन र समृद्धिको जन चाहनालाई निर्वाचनमा अभूतपूर्व प्रदर्शन भएको : ट्रान्सपरेन्सी इन्टरनेसनल

सुशासन र समृद्धिको जन चाहनालाई निर्वाचनमा अभूतपूर्व प्रदर्शन भएको : ट्रान्सपरेन्सी इन्टरनेसनल
अ अ+ अ-

काठमाडाैँ । ट्रान्सपरेन्सी इन्टरनेशनलले गत बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको बताएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष मदनकृष्ण शर्माद्वारा आज यहाँ जारी विज्ञप्तीमा निर्वाचनको परिणामले जनताको सुशासन र समृद्धिको चाहनालाई अभूतपूर्व प्रदर्शन गरेको बताए ।

युवा पुस्ताको भावना र सङ्लग्नता अङ्गालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्राप्त अत्यधिक जनमतलगायत सम्पूर्ण राजनीतिक दलबाट विजयी जनप्रतिनिधिलाई सस्थाले बधाइ ज्ञापन गरेको छ ।

कानुनी राज्यको उपहास गर्दै चरम भ्रष्टाचारले देशको अवस्था सोच्नै नसक्ने गरी कमजोर र शिथिल बनाउन जिम्मेवार राजनीतिक दल र प्रतिनिधिलाई पाखा लगाउन सफल यस निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको ट्रान्सपरेन्सी इन्टरनेशनलले बताएको छ ।

निर्वाचनमार्फत नेपाली नागरिकले गरेको विश्वासलाई अव गठन हुने प्रतिनिधीसभा र सङ्घीय सरकारले पूर्णसम्मान गरोस् भन्ने जनचाहना रहेको बताइएको छ । निर्वाचनमा मत माग्दा जनता सामु गरेका बाचाप्रति पूर्णप्रतिवद्व रही कुनै पनि बहानामा विलम्ब हुँन नदिई आम नागरिकले सुशासनको स्पष्ट अनुभूति गर्ने गरि सरकारले काम गर्ने विश्वास ट्रान्सपरेन्सी इन्टरनेशनलले लिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधि र राजनितिक दलले मुलुकलाई लोकतन्त्रको आवरणमा हुने लुटतन्त्रबाट मुक्त गरि राजनीतिमा इमान्दारीता स्थापित गर्दै जनादेशबाट प्राप्त सत्ता र शक्ति निजी वा दलीय स्वार्थका लागि नभई पूर्ण रूपमा जनहितमा प्रयोग हुने परिपाटी स्थापित गर्ने विश्वास लिइएको छ ।