९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव

गुल्मीको भार्सेमा दाताको सहयोगमा कम्प्युटर प्रयोगशाला स्थापना

गुल्मीको भार्सेमा दाताको सहयोगमा कम्प्युटर प्रयोगशाला स्थापना
अ अ+ अ-

काठमाडाैँ । गुल्मीका अधिकांश सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सैद्धान्तिक अध्ययनमा सीमित भइरहेको समयमा यहाँको एक विद्यालयमा भने परदेशी दाताहरूको सहयोगमा कम्प्युटर प्रयागेशाला स्थापना गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका-८ भार्सेमा रहेको जनसहयोग माध्यमिक विद्यालयमा कम्प्युटसहितको प्रयोगशाला स्थापना गरिएको हो ।

कम्प्युटर प्रयोगशाला स्थापनाका लागि स्थानीय समाजसेवी नरु बुढाथोकीको अगुवाइमा विदेशमा बसोबास गर्ने स्थानीयबाट रु सात लाख रकम सङ्कलन गरिएको थियो । उक्त रकमबाट २० थान कम्प्युटर खरिद गरी प्रयोगशाला सञ्चालन गरिएको बुढाथोकीले जानकारी दिए । “विद्यार्थी पलायन रोक्ने र गाउँमै प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले हामीले अभियान सञ्चालन गरेका थियौँ, अहिले विद्यालयमा ल्याब सञ्चालनपछि विद्यार्थी पनि निकै उत्साहित बनेका छन्”, उनले भने ।

तीव्र बसाइँसराइका कारण हाल १०९ जना विद्यार्थीमा मात्र सीमित उक्त विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक लोकहरि पाण्डेले दाताहरूको सहयोगमा कम्प्युटर, नेटवर्किङ, सिसिटिभी जडान तथा कम्प्युटर शिक्षकको व्यवस्था गरिएको बताए । “विद्यार्थीलाई प्रयोगात्मक सिकाइमा जोड्नका लागि कम्प्युटर शिक्षा निकै प्रभावकारी बनेको छ, यसमा विद्यार्थीहरूलाई पनि थप प्रोत्साहित र आकर्षित बनाएको छ”, उनले भने ।

ल्याब स्थापना अभियानमा अवकाश प्राप्त ब्रिटिस आर्मीका लेफ्टिनेन्ट तथा हाल हङकङ निवासी कुलबहादुर बुढाथोकीको मुख्य भूमिका रहेको छ । प्रविधिसँग जोडिएको शिक्षा वर्तमान आवश्यकता भएको बताउँदै बुढाथोकीले गाउँको विद्यालयका लागि आफूहरूले सक्दो सहयोग गरेको उल्लेख गरे । “वर्तमान अवस्थामा गाउँमा गुणस्तरीय शिक्षाको आवश्यक छ, त्यसका लागि प्रविधिको पनि ज्ञान हुनु अनिवार्य हुन्छ भन्ने मान्यतालाई आत्मसात् गरेर सहयोग गरेका हौँ”, उनले भने ।

कम्प्युटर कक्षामा सहभागी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा कम्प्युटर चलाउन पाउँदा आफूहरू निकै उत्साहित भएको बताएका छन् । कम्प्युटर सिकिरहेका कक्षा ६ की विद्यार्थी विनिता नेपालीले सानै कक्षाबाट विद्यालयमा कम्प्युटर सिक्न पाउँदा खुसी लागेको भन्दै यसले आफ्नो अध्ययनमा पनि निकै सहज बनाएको बताइन् ।

विद्यालय प्रशासनका अनुसार विद्यार्थीलाई पालैपालो प्रयोगात्मक सिकाइमा सहभागी गराइएको छ । भार्से जनसहयोग माध्यमिक विद्यालय जिल्लाकै सबैभन्दा पुरानो विद्यालयअन्तर्गत पर्दछ । उक्त विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू जनजाति समुदायका रहेका छन् ।