१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी स्थानहरूमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना



फाइल फोटो
अ+ अ-

काठमाडौँ। हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ ।

यसैगरी, हिमाली भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा एवं हिमपातको सम्भावना छ । साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।

महाशाखाले मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको पूर्वानुमान गरेका स्थानका सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ । रासस