५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

किन अड्कियो संसदमा ३२० दिनदेखि प्रशासन विधेयक ?

किन अड्कियो संसदमा ३२० दिनदेखि प्रशासन विधेयक ?
अ+ अ-

काठमाडौं । मुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवा ऐन हालसम्म बन्न सकेको छैन । प्रदेश र स्थानीय तहको कर्मचारी प्रशासनको छाता कानुनको रूपमा रहेको सो कानुन बन्न नसक्दा केन्द्र, प्रदेश र स्थानीय तहका सम्पूर्ण कर्मचारीलाई ‘ड्राइभ’ गर्ने नयाँ पद्धतिसमेत बन्न सकेको छैन । सरकारले ३२० दिनअघि प्रतिनिधि सभामा दर्ता गरेको निजामती सेवा विधेयकले ऐनको रूप लिन नसक्दा प्रशासन हाँक्ने मुख्य कानुनको अभाव हुँदै आएको हो । सो कानुनको अभावमा केन्द्रको निजामती प्रशासन २७ वर्षअघि बनेको निजामती सेवा ऐनअनुसार चल्न बाध्य भइरहेको छ भने प्रदेश र स्थानीय तहमा ‘भ्याकुम’को अवस्था छ ।

राज्यव्यवस्था समितिको बैठक हालसम्म १ सय ६६ पटक बस्यो । त्यसमा दर्जनौं पटक संघीय निजामती विधेयकबारे छलफल भयो तर सबै बैठक निष्कर्षविहीन बन्दै आए । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’बारे संसदीय समितिका सदस्य संवेदनशील बन्न नसक्दा विधेयकले अन्तिम रूप पाउन नसकेको सरकारी अधिकारीको दाबी छ ।

समितिमा सो विधेयकबारे दर्जनौं पटक छलफल भयो तर सांसद निष्कर्ष निकाल्न असफल हुँदै आए । निष्कर्ष निकाल्नुको साटो बेतुकका तर्क निकालेर विधेयकलाई लम्ब्याउन खोजेको आरोप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीको छ । प्रशासनका जानकार समितिका सांसद विभिन्न समूहका डेलिगेसनबाट आएका प्रस्तावअनुसारको निर्णय गराउने गरी अनावश्यक लबिङमा लाग्दा र पर्याप्त अध्ययन नगरी हचुवाका भरमा निर्णय गराउन खोज्दा छलफल निष्कर्षमा पुग्न नसकेको बताउँछन् । समितिका सदस्य विधेयकसँग सम्बन्धित समूहले विभिन्न प्रस्ताव लिएर आउने र यसलाई समेट्न खोज्दा ढिलाइ भएको बताउँछन् ।

समिति सभापति शशि श्रेष्ठले विधेयक लामो समयसम्म अल्झिन पुगेको स्विकार्छिन् । केही विषयमा छलफल हुने तर लामो समयसम्म त्यतिकै रहँदा फेरि बिर्सने प्रवृत्ति देखिएकाले समस्या भएको उनले बताइन् । मुलुकको स्थायी सरकारका रूपमा रहेको प्रशासन संयन्त्रलाई मार्गनिर्देशन गर्ने ऐन बन्न नसक्दा यसको असर प्रदेश र स्थानीय तहसम्मलाई परेको छ । संघीय निजामती सेवा ऐन बनेपछि मात्रै त्यसकै आधारमा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन बन्ने हुँदा संघीय ऐनको अभावमा प्रदेश र स्थानीय तहले पनि आआफ्ना ऐन बनाउन सकेका छैनन् ।

कार्यसम्पादन र ब्याच बढुवाबारे छलफल: मंगलबार भएको समिति बैठकमा अधिकांश सांसद कर्मचारीले परीक्षाका कारण सेवाप्रवाहमा समस्या पर्ने गरेको भन्दै विकल्पका रूपमा कार्यसम्पादन र ब्याच बढुवालाई राख्ने र आन्तरिक प्रतियोगितालाई हटाउने सहमति जनाएका थिए । छलफलमा सांसदहरू सहसचिव र उपसचिवमा आन्तरिक प्रतियोगिता हटाउने सहमतिको नजिक पुगेका छन् । बढुवा प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउनुपर्ने र यसलाई परीक्षामा आधारित बनाउनेभन्दा पनि योग्यता र क्षमतालाई आधार बनाउनुपर्नेमा उनीहरूको जोड रहेको थियो ।

समिति सदस्यहरू नवराज सिलवाल, वृजेशकुमार गुप्ता, प्रेम सुवाललगायतले भने निजामती सेवामा नयाँ र प्रतिस्पर्धी उम्मेदवार आउने अवस्था सिर्जना गराउन सहसचिव र उपसचिव पदमा खुलाको प्रतिशत बढाउनुपर्ने धारणा राखेका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र मीना पाण्डेले भने आन्तरिक प्रतियोगिता शून्य गर्न नहुने धारणा राखेका थिए । यस विषयमा नै समितिमा कैयौं पटक छलफल भए पनि समिति अनिर्णयको बन्दी बन्दै आएको छ ।

अन्तर तह प्रतिस्पर्धा बढाउने: बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले समायोजनमा गएका कर्मचारीको मनोबल र उत्प्रेरणा बढाउन अन्तर तह प्रतिस्पर्धालाई आकर्षक बनाउनुपर्ने सुझाव दिएका थिए । यसका लागि विभिन्न पदमा अन्तरतहको प्रतिशत बढाउनुपर्ने उनको भनाइ थियो । बैठकबाट श्रेणीविहीन पदहरूअन्र्तगत रहेका चालक, कार्यालय सहयोगीलगायतका पदलाई राजपत्र अनंकित पाँचौं श्रेणीका रूपमा राख्ने र यी पदहरूमा शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गर्ने सहमति जुटेको छ ।

त्यस्तै, राजपत्र अनंकित चौंथो र तेस्रो तहका पदहरूलाई खारेज गर्ने, राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा ८० प्रतिशत खुला र २० प्रतिशत आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गरिने, राजपत्र अनंकित प्रथम श्रेणी ( नायब सुब्बा) मा ५० प्रतिशत खुला र ५० प्रतिशत ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा पदपूर्ति गर्ने, राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा ७० प्रतिशत खुला, अन्तरतह प्रतिस्पर्धाबाट १० प्रतिशत तथा ज्येष्ठता र कार्यसम्पादनका आधारमा २० प्रतिशत पदपूर्ति गरिने सहमति जुटेको छ ।

त्यस्तै, सहसचिव र उपसचिव पदका सम्बन्धमा भने छलफल चलिरहेको छ । निजामती सेवाका राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणीका कर्मचारी (उपसचिव) पदमा आन्तरिक प्रतियोगिता नराख्ने विषयमा अधिकांश सांसदले सहमति जनाएका थिए । तर टुंगो भने लाग्न सकेन । राजधानी दैनिकबाट