काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीले न्यायमा पहुँच अभिवृद्धिका लागि न्यायालयमा बसेर काम गर्ने सबैको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
न्यायाधीश सुवेदीले न्यायमा पहुँच अभिवृद्धिका लागि सम्बन्धित सम्बन्धित हरेक व्यक्ति वा संस्थाले काम गर्नुपर्ने बताउनु भयो । उहाँले महिला अधिकारको सुनिश्चितताका लागि परिणाममुखि काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
न्यायाधीश सुवेदीले भन्नुभयो,‘न्यायमा पहुँच अभिवृद्धि गर्नका लागि बेञ्चमा मात्रै न्यायाधीश भएर हुँदैन । होल सिष्टममा जो जसले बसेर योगदान पु¥याउनु हुन्छ ।
बारमा बसेर योगदान पुर्याउने कानून व्यवसायीदेखि लिएर हाम्रो न्यायालयको सिष्टममा बसेर काम गर्नुहुने सबै तहका कर्मचारीहरुको यसमा महत्वपूर्ण भुमिका रहन्छ भन्ने कुरालाई यस वर्षको स्लोगनले आत्मासात गरेको मैले महशुस गरेको छु । र, यो स्लोगन आज हामीले भन्ने मात्रै होइन, आगामी दिनमा अभ्यास गर्ने हो, सबै होल सिष्टममा इज एण्ड एभ्री पर्सनले पु¥याउने योगदानले एक्जिस टु टस्टिसलाई सहयोग पुर्याईरहेको हुन्छ भन्ने भावना अनुसार काम गर्नेछौँ ।’
न्यायाधीश सुवेदीले महिलाहरुको क्षमतामाथि प्रश्न उठाउने पुरुष प्रदान सोच त्यागेर अघि बढ्न पनि सबैलाई आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल











