१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

रुख ढाल्ने क्रममा पुल भत्कियो

रुख ढाल्ने क्रममा पुल भत्कियो
अ अ+ अ-

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीस्थित हुँगे खोला महभिर झर्ना नजिक रहेको पुल रुख ढाल्ने क्रममा भत्किएको छ ।

स्थानीय गणेश राईले घर निर्माणका लागि रुख ढाल्ने क्रममा नियन्त्रण गुम्दा अचानक रुखले पुलमा क्षति पुगेको स्थानीयले जनाएका छन् ।

स्थानीय बासिन्दाले दैनिक आवतजावतका लागि प्रयोग गर्दै आएको उक्त पुल भत्किएपछि आसपासका बस्तीका नागरिकलाई आवतजावतमा समस्या भएको छ । पुल पुनःनिर्माण वा मर्मतका लागि सम्बन्धित निकायले चाँडो पहल गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

बाँदर आतङ्कले खेतीयोग्य जमिन बाझिँदै

भोजपुर जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतङ्कका कारण खेतीयोग्य जमिन बर्सेनि बाझिँदै गएको छ । अन्नबाली जोगाउन नसक्ने अवस्था सिर्जना भएपछि किसान खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवारले वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ रोजेका छन् । बाँदरको निरन्तर उपद्रोका कारण ग्रामीण बस्ती क्रमशः सुनसान बन्दै गएका छन् ।

स्थानीय कृषकका अनुसार बाँदर समूहमा आउने र पाक्नै लागेको बाली लक्षित गरी आक्रमण गर्ने गर्छन् । खेत वरिपरि कराउँदै हल्ला गरे पनि केही समयपछि पुनःफर्किने भएकाले नियन्त्रण गर्न झन कठिन भएको छ । कतिपयले डर देखाउने आकृति बनाएका छन् । खेतबारीको डिलमा कटेरा बनाएर पालैपालो खेत कुर्ने प्रयास गरे पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।

मानेभञ्ज्याङ क्षेत्रअन्तर्गत पर्ने रामप्रसादराई गाउँपालिका–५ (साविक वडा नं ८ र ९) मा समस्या गम्भीर देखिएको छ । स्थानीय जगतबहादुर तामाङका अनुसार यस क्षेत्रका करिब ९८ प्रतिशत बासिन्दा बसाइँ सरेपछि गाउँ प्रायः रित्तिएको छ । “पहिले खेतबारीमा चहलपहल हुन्थ्यो, अहिले घरका ढोका बन्द छन्, आँगनमा झार उम्रिएको छ”, उहाँले भन्नुभयो ।

अर्चले, भोर्लेनी, दमाईंछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरियालगायत बस्तीमा अहिले अधिकांश घर जीर्ण र खाली अवस्थामा छन् । एक समय हराभरा देखिने खेतबारी बाँझै छाडिएका छन् । खेतका कान्ला र पाखा झाडीले ढाक्न थालेका छन् भने कतिपय स्थानमा बारी नै जङ्गलमा परिणत हुन थालेको छ । उत्पादनमुखी जमिन उपयोगविहीन बन्दै जाँदा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ ।

किसानका अनुसार मकै, कोदो, फापर, गहुँ, आलु तथा तरकारीजस्ता अन्नबाली बाँदरले नष्ट गरिदिने गरेको छ । “बाँदरले लगाएको बाली छिनभरमै सखाप पारिदिन्छ”, तामाङले गुनासो गर्नुभयो, “दिनभरि खेतबारी कुरेर बस्न सकिँदैन । मेहनत गरेर लगाएको बाली जोगाउन नसक्दा धेरैले खेती छाडे । कतिपयले त गाउँ नै छाड्नुपरेको छ ।”

जिल्लाका अन्य स्थानीय तहमा पनि बाँदर समस्या उस्तै गम्भीर रहेको कृषकको गुनासो छ । कृषि नै मुख्य आम्दानीको स्रोत रहेको ग्रामीण परिवार आर्थिक रूपमा मारमा परेका छन् । युवापुस्ता रोजगारीका लागि बाहिरिएपछि बचेका ज्येष्ठ नागरिक र महिलामाथि खेतबारीको जिम्मेवारी थपिएको छ, तर बाँदर आतङ्कका कारण उनीहरू पनि निरुत्साहित भएका छन् ।

स्थानीय सरोकार भएका निकायका अनुसार वनक्षेत्र नजिकका बस्तीमा समस्या बढी छ । मानवीय बस्ती घट्दै जाँदा बाँकी रहेका बाँदर बस्ती केन्द्रित बनेका छन् । दीर्घकालीन रूपमा समस्या समाधान नगरे गाउँ रित्तिँदै जाने तथा खेतीयोग्य जमिन पूर्ण रूपमा बाँझिने खतरा बढ्दै गएको किसानको भनाइ छ ।

बाँदर नियन्त्रणका लागि प्रभावकारी नीतिनिर्माण, वैज्ञानिक व्यवस्थापन, सामूहिक बाली सुरक्षा प्रणाली, क्षतिपूर्ति व्यवस्था तथा वैकल्पिक खेती प्रविधिको विकास आवश्यक रहेको स्थानीयको भनाइ छ । साथै, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने किसानको माग छ ।

समयमै प्रभावकारी पहल नभए कृषिमा आधारित जीविकोपार्जन सङ्कटमा पर्ने स्थानीय जानकारहरुले बताउने गरेका छन् । बाँदरका कारण ग्रामीण बस्तीको सामाजिक संरचनामै दीर्घकालीन असर पर्ने देखिएको छ ।  रासस