१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु शेखरले एसियाली आइटीएफमा खेल्ने सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुमगन पुनःसुरु भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ ।

अनुमगनका क्रमममा कैफियत देखिएपछि सुजल टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिइ तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले थप १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको उपस्थितिमा विभागले नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ । रासस