१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

रुसमाथि लगाएको प्रतिबन्ध अन्त्य युरोपेली सङ्घसँग हङ्गेरीको आग्रह

रुसमाथि लगाएको प्रतिबन्ध अन्त्य युरोपेली सङ्घसँग हङ्गेरीको आग्रह
अ अ+ अ-

बुडापेस्ट। हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोपेली सङ्घ (इयु)लाई मध्यपूर्वमा युद्धका कारण बढेको मूल्यको सामना गर्न सोमबार रुसी तेल र ग्यासमाथिको प्रतिबन्ध अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

इरानले कच्चा तेल उत्पादक खाडी राष्ट्रहरू विरुद्ध प्रतिशोधात्मक आक्रमण गरिरहेका कारण सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।

इयुमा क्रेमलिनको सबैभन्दा नजिकको सहयोगी ओर्बानले आफ्नो भिटो शक्तिको प्रयोग गर्दै हङ्गेरीलाई उनीहरूबाट छुट दिन र युक्रेनका लागि युरोपेली सहयोग कम गर्न बारम्बार रूसमाथि लगाइएको प्रतिबन्धको आलोचना गर्दै आउनुभएको छ।

हङ्गेरीका राष्ट्रवादी नेताले फेसबुकमा प्रकाशित एक भिडियोमा भन्नुभएको छ, “हामीले युरोपभरि रूसी ऊर्जामा लगाइएको सबै प्रतिबन्धहरूको समीक्षा र निलम्बन गर्नुपर्दछ । मैले आज युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनलाई पत्र लेखेर यसको पहल गरेको छु ।”

उहाँले रुसी तेल आपूर्तिमा ठप्प भएको कारण छिमेकी देश युक्रेनसँग हङ्गेरीको बढ्दो विवाद पनि इयुका लागि पनि ‘गम्भीर खतरा’ बनेको दाबी गर्नुभयो ।

हङ्गेरी, छिमेकी स्लोभाकियाले युक्रेनलाई जानाजानी दुई भूपरिवेष्ठित इयू सदस्य राष्ट्रहरूमा रूसी तेल पम्प गर्ने ड्रुज्बा पाइपलाइन पुनः खोल्न ढिलाइ गरेको आरोप लगाएको छ । किएभले भने यसलाई जनवरीमा रूसी आक्रमणबाट क्षतिग्रस्त भएको बताएको छ ।

ओर्बानले युद्धग्रस्त देशलाई ९० अर्ब युरो (१०६ अर्ब डलर) को इयुको ऋण रोक्दै आउनुभएको छ् र ‘युक्रेनी तेल नाकाबन्दी’ लाई लिएर मस्कोमाथि नयाँ चरणको प्रतिबन्ध लगाइरहेको छ ।

राष्ट्रवादी नेताले हालै अप्रिल १२ मा हुने संसदीय चुनावअघि युक्रेनमा राजनीतिक आक्रमण बढाएका थिए ।

हङ्गेरीले युक्रेनी राष्ट्रिय बैङ्कका सात कर्मचारीलाई पक्राउ गरी अस्ट्रियाबाट ल्याउँदै आएको ८० मिलियन डलर नगद र नौ वटा सुनका बारहरू जफत गरेपछि सप्ताहन्तमा सम्बन्धमा नयाँ तनाव थपिएको थियो।  (रासस/एएफपी)