१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

धनुषा-१ मा मातृकाप्रसाद यादव विजयी घोषित

धनुषा-१ मा मातृकाप्रसाद यादव विजयी घोषित
अ अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि निर्वाचन आयोगले धनुषा–१ मा रोकिएको मतगणनाको परिणाम सार्वजनिक गरेको छ।

आयोगले हिजो रोक्का राखेको नतिजा फुकाउँदै नेकपाका उम्मेदवार मातृकाप्रसाद यादवलाई विजयी घोषणा गरेको हो।

सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा अन्तरिम आदेश नआएपछि निर्वाचन आयोगलाई अन्तिम परिणाम सार्वजनिक गर्ने कानुनी बाटो खुलेको थियो। सोही निर्णयसँगै धनुषा–१ मा केही समयदेखि कायम रहेको चुनावी अन्योलता अन्त्य भएको छ। विजयको आधिकारिक घोषणासँगै निर्वाचन आयोगले यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको छ।

धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको थियो। मतगणनाको क्रममा उम्मेदवारी खारेज भएका किशोरीकै पक्षमा मत आएको थियो।

त्यसपछि निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएर अदालतबाट आदेश नहुँदासम्म उक्त क्षेत्रको पहिलो हुने निर्वाचन प्रणाली तर्फको मतपरिणाम घोषणा नगर्न भनेको थियो। नेकपाले धनुषा–१ मा १० हजार ४३० मतसहित आफ्नो उम्मेदवार मातृक‍ा यादव विजयी भएको दाबी गरेको छ। ‍