९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?



अ+ अ-

काठमाडाैँ । नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।

राजनीतिक दल सम्बन्धी ऐनअनुसार प्रतिनिधि सभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ ।

सोही व्यवस्थाअनुसार यसअघि राष्ट्रिय पार्टीको मान्यता पाएका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल लगायतका पार्टीहरुले सो मान्यताबाट वञ्चित हुने अवस्था आएको छ ।

दलहरुले प्राप्त गरेको कुल सदर मतको कम्तिमा ३ प्रतिशत मत ल्याउन नसकेपछि ती दलहरुले राष्ट्रिय पार्टीको मान्यता नपाउने अवस्था सृजना भएको हो । चालु मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ सिट ल्याएर अग्रता कायम गरेको छ भने उसले समानुपातिकतर्फ हालसम्म ४३ लाख १९ हजार ८३५ ल्याएको छ ।

त्यसैगरी नेपाली काँग्रेसले प्रत्यक्षतर्फ १७ सिट र समानुपातिकतर्फ  १४ लाख ३५ हजार ८७० दोस्रो ठूलो दलको हैसियत बनाएको छ । नेकपा (एमाले) ले ८ सिट प्रत्यक्षतर्फ र समानुपातिकमा  १२ लाख १३ हजार १३९ मत ल्याएर  तेस्रो दलको हैसियत बनाउने देखिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ६, लाख ९ हजार ८४७ मत प्राप्त गरेको छ । जुन हालसम्मको मतगणनाको परिणाम अनुसार चौथो दलको वरियता हो ।

त्यसैगरी नयाँ दलको रुपमा उदाएको श्रम संस्कृति पार्टीले  प्रत्यक्षतर्फ ३ सिट र समानुपातिकतर्फ ३ लाख १० हजार ९० प्राप्त गरी पाँचौ वरियता कायम गरेर राष्ट्रिय पार्टीको मान्यता पाउने सुनिश्चितता भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पनि राष्ट्रिय दल बन्न संघर्षरत छ । उसले प्रत्यक्षतर्फ १ सिट जित निकाले पनि समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत पु¥याउन संघर्ष गरिरहेको छ । यद्यपि सो पार्टीले समानुपातिकतर्फ २ लाख ९१ हजार ५३१ मत ल्याएको छ ।

जुन राष्ट्रिय पार्टी बन्नका लागि केही मत अझै पु¥याउनुपर्ने हुन्छ । यसअघि राष्ट्रिय पार्टीको मान्यता पाएको जनता समाजवादी पार्टी, नेपाल यस पटक सो मान्यताबाट वञ्चित भएको छ । प्रत्यक्षतर्फ १ सिट पनि हातपार्न नसकेको सो पार्टीले समानुपातिकमा पनि हाल सम्म १ लाख ३७ हजार ५०३ मत पाएपछि उसले अब राष्ट्रिय पार्टीको मान्यता पाउने सम्भावना कम हुँदै गएको हो ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टीलगायतका यसअघि संसदमा प्रतिनिधित्व गरेका दलहरुको पनि समानुपातिकतर्फको मतभार केही हजारमा मात्रै सिमित हुने देखिन्छ ।

राष्ट्रिय दलले के-के सुविधा पाउँछन् ? 

राष्ट्रिय दलको मान्यता पाएका पार्टीले संसदमा एउटा संसदीय दलको कार्यालयसहित सांसदको संख्याअनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् ।

हरेक राष्ट्रिय दलको संसदीय दलका प्रमुख सचेतकले पनि संसद सचिवालयबाट गाडीसहित सचिवालय र कर्मचारीको सुविधा पाउने व्यवस्था छ ।




भर्खरै