१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

कबिन्द्र बुर्लाकोटीको युवा अभियानदेखि संसद्सम्मको यात्रा

कबिन्द्र बुर्लाकोटीको युवा अभियानदेखि संसद्सम्मको यात्रा
फाइल फोटो
अ अ+ अ-

गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

आज साँझ क्षेत्र नं २ को निर्वाचन कार्यालयले २६ हजार ६६० मत प्राप्त गरेका बुर्लाकोटीलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको हो ।

कुल एक लाख आठ हजार ५३३ मतदाता रहेको गोरखा २ मा ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ५४ हजार १४७ (९४.७३ प्रतिशत) मतमात्र सदर र तीन हजार नौ (५.२६ प्रतिशत)मत बदर भएको थियो । विजयी बनेका बुर्लाकोटीले सदर मतको ४९ प्रतिशत मत प्राप्त गर्नुभएको हो ।

बुर्लाकोटीले प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार प्रकाशचन्द्र दवाडीले भन्दा १४ हजार ९६० बढी मत प्राप्त गर्नुभयो । दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गर्नुभयो । अर्का प्रतिस्पर्धी नेकपा (एमाले)का मिलन गुरुङ (चक्रे मिलन)ले तीन हजार ८७ मत मात्र पाउनुभयो ।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्यमध्येका हुनुहुन्छ । विसं २०७९ असारमा पार्टी स्थापना हुँदा उहाँ केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने दुई महिनामै सहमहामन्त्री र दुई वर्षमै महामन्त्री बन्न सफल हुनुभयो । अहिले पनि उहाँ रास्वपाका महामन्त्री हुनुहुन्छ ।

उहाँको जन्म २०३६ साल मङ्सिरमा बुबा राजाराम र आमा डम्मरकुमारी बुर्लाकोटीको सन्तानका रुपमा धादिङको सल्यानटारमा भएको थियो । पाँच वर्षको उमेरमा गोरखाको पालुङ्टार–९ मा बसाइँ सरी आएका अभिभावकले उहाँलाई धर्मोदय माविमा कक्षा १ मा भर्ना गरिदिनुभएको थियो ।

गोरखा नगरपालिका–१२ स्थित महेन्द्र मावि कुन्दुरटारबाट एसएलसी पूरा गरेपछि नयाँजीवनको सुरुआत गर्न उहाँ राजधानी काठमाडाँै प्रवेश गर्नुभयो । कमजोर आर्थिक अवस्थाबाट गुज्रिएका उहाँ एसएलसी उत्तीर्ण गरेपछि सरस्वती क्याम्पसमा कमर्स पढ्न सुरु गर्नुभयो । स्नातक तह अध्ययन गर्ने सिलसिलामा भने उहाँ युवा सशक्तिकरणका विभिन्न अभियानको संलग्न हुनुभयो । फाइनान्समा स्नातकोत्तर गर्नुभएका उहाँले अस्ट्रेलियाको न्यू साउथवेल्स युनिभर्सिटीबाट ह्युमनराइट्स एन्ड बिजनेस कोर्स अध्ययन गर्नुभयो ।

मलेसियाको आइकम इन्स्टिच्युटबाट उहाँले ‘युथ लिडरसिप’ कोर्स पूरा गर्नुभयो । त्यसपछि २०५७ सालमा उहाँले भ्रष्टाचार विरोधी गतिविधि गर्ने संस्था युनाइटेड युथ नामक संस्था दर्ता गरी संस्थापक अध्यक्ष पदमा रहेर युवा सशक्तिकरण अभियान सुरु गर्नुभयो । त्यसपछि २०६४ सालमा उहाँकै नेतृत्वमा देशभरका युवाको संस्थाहरूको सञ्जाल ‘नेपालयुवा संस्था सञ्जाल’ गठन भएको थियो ।

त्यसलगत्तै उहाँले २०६९ सालतिर फेरि अर्को युवाहरूको छाता संस्था ‘राष्ट्रिय युवा महासङ्घ’ दर्ता गर्नुभएको थियो । यसमा देशभरकै युवा संस्थाहरू आबद्ध थिए । “यो महासङ्घमा आबद्ध रहेका धेरै युवा अहिले मसँगै सांसद भएका छन्”, उहाँ भन्नुहुन्छ, “यही बीचमा संयुक्त राष्ट्र सङ्घको नेपाल च्याप्टरको युथ एड्भाइजर भएर सन् २००८ देखि २०१२ सम्म काम गरेँ । एउटा बेसाएर खाने गरिब परिवेशमा गुज्रिएको म पछि युवा गतिविधिमा सरिक भएँ । तीस वटा देश घुम्ने मौका पाएँ ।”

पार्टीका लागि जीउज्यान दिएको प्रतिफल अहिले देश घण्टीमय भएको उहाँको बुझाइ छ । अहिले देशभरका नागरिकको रोजाइमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्नाका पछाडि आफूहरूको इमान्दारिता, क्षमता, दक्षता भएको उहाँको भनाइ छ । “नयाँ पार्टी त जति पनि थिए तर हामीमै किन यति धेरै विश्वास र भरोसा भयो भने हामीमा काम गर्न सक्ने क्षमता छ भनेर सबैले बुझेका छन्”, उहाँ भन्नुहुन्छ, “अब यो विश्वास र भरोसालाई सदा सर्वदाका लागि टिकाइराख्नु हाम्रो चुनौती हो ।” रासस