१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्दो भयानक चिसो: शून्य डिग्रीसम्म झर्न सक्ने



अ+ अ-

देशभरको तापक्रम अझै केही दिन घट्ने भएको छ । आकाशमा कुहिरो, हुस्सु, तुवाँलो कम लागेकाले अझै चिसो बढ्ने अनुमान गरिएको हो । ‘अहिले मौसम सक्रिय भई बादल लाग्ने वा अरु कुहिरो हुस्सु थप बढ्ने सम्भावना छैन । आकाश जति खाली हुन्छ त्यति धेरै चिसो बढ्छ,’ जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ मीनकुमार अर्यालले भने, ‘काठमाडौंलगायत पहाडी, हिमाली क्षेत्रमा मौसम सफा छ । तराई क्षेत्रमा भने बिहान कुहिरो, दिउँसो तुवाँलो छ ।’

यस साताभर न्यूनतम २ डिग्रीदेखि शून्य डिग्रीसम्म चिसो झर्न सक्ने प्रक्षेपण गरिएको छ । तराईमा दुई सातादेखि बिहान कुहिरो र दिउँसो तुवाँलोले गर्दा नियमित घाम लाग्न सकेको छैन । ‘तराईमा शीतलहर चलेको छैन । पछिल्लो १०/१५ दिनदेखि छिनछिनमा घाम लाग्ने–नलाग्ने भइरहेको छ,’ अर्यालले भने ।

काठमाडौंमा बिहीबार शून्य दशमलव ९ डिग्री तापक्रम पुगेको छ । जुम्लामा माइनस ७ डिग्री, जिरीमा न्यूनतम माइनस ३ दशमलव ५ डिग्री, दाङ र जोमसोममा शून्य डिग्री, डडेलधुरामा १ दशमलव ७ डिग्री पुगेको छ ।