१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपाका ९१ उम्मेदवार विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपाका ९१ उम्मेदवार विजयी
अ अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ९१ क्षेत्रमा विजयी भएकोे छ ।

आज बिहान ५ः३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ३४ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म ११७ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १३ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) सात स्थानमा विजयी हुँदा चार स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी हुनुभएको छ भने तीन स्थानमा अग्रता लिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी हुनुभएको छ । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा हुनुहुन्छ ।

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म १९ लाख ४५ हजार १५५ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले हालसम्म १० लाख तीन हजार १७५, नेपाली कांग्रेसले तीन लाख ३० हजार ७२८, नेकपा (एमाले)ले दुई लाख ६३ हजार ५८२ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख १५ हजार १९१ मत प्राप्त गरेका छन् । रासस