६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्लाटन पुन: एसी मिलानमा



अ+ अ-

स्वीडेनका पूर्व अन्तर्राष्ट्रिय स्टार भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच इटालियन सिरि ‘ए’ क्लब एसी मिलानमा फर्किएका छन् । अर्को सिजन विकल्प रोज्न सक्ने प्रावधानसहित उनी पुनः एसी मिलान पुगेका हुन् । ८ वर्षे ज्लाटनले यसअघि माल्मो, आयाक्स, युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पीएसजी, म्यानचेस्टर युनाइटेड र एले ग्यालेक्सीका ३८ वर्षे भेट्रान स्टार ईब्राहिमोभिचले सिरि ‘ए’ क्लबसँग ६ महिनाको सम्झौता गरेका हुन् ।

मिलानको आधिकारिक ट्वीटर ह्यान्डलबाट ‘आइ जेट इज कमिङ’ भन्दै ट्वीट गरेका छन् । ‘म धेरै सम्मानका साथ क्लबमा फर्किएको छु । मिलानको सहरलाई म निकै प्रेम गर्छु ।’ सम्झौतापछि इभ्राहिमोभिचले भने, ‘क्लबको अवस्थालाई बदल्न टिमसँग मिलेर म लड्नेछु । जसलाई सम्भव बनाउन म सबै चिज गर्नेछु ।’

इभ्राहिमोभिच स्वास्थ्य परीक्षणपछि जनवरी २ मा मिलानमा टिमसँग जोडिनेछन् ।’ इभ्राहिमोभिचले गत नोभेम्भरमा अमेरिकी मेजर लिग सकरको सिजनको अन्त्यसँगै एलए ग्यालेक्सी छाडेका थिए । इभ्रााहिमोभिचले २०१० देखि २०१२ सम्म एसी मिलानमा रहँदा ८५ खेलमा ५६ गोल गरेका थिए ।