२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्विचसंग टोटेनहमको बराबरी



अ+ अ-

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हट्सपरले नर्विच सिटीसंग २–२ गोलको बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा टोटनहमले नर्विचसंग बराबरी खेख्दा अंक बाँड्न परेको हो । ह्यारी केनले ८३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई हारबाट जोगाएका थिए ।

खेलमा अग्रता भने घरेलु टोली नर्विचले १८ औं मिनेटमा मारियो रसिसको गोलबाट लिएको थियो । क्रिस्टियन ईरिक्सनले ५५ औ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टोटेनहमलाई खेलमा फर्काएका थिए । सर्ज अरिएले ६१ औं मिनेटमा आत्मघाति गोल गरेपछि नर्विचले खेलमा अग्रता बनाएको थियो ।

लगत्तै डेन अलीले गरेको गोललाई रेफ्रीले अफसाईडको मान्यता दिएका थिए । खेलपछि टोटेनहम ३० अंक सहित तालिकाको छैटौ स्थानमा उक्लिएको छ । नर्विच १३ अंक सहित तालिकाको पुछारमा छ ।