५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्विचसंग टोटेनहमको बराबरी



अ+ अ-

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हट्सपरले नर्विच सिटीसंग २–२ गोलको बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा टोटनहमले नर्विचसंग बराबरी खेख्दा अंक बाँड्न परेको हो । ह्यारी केनले ८३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई हारबाट जोगाएका थिए ।

खेलमा अग्रता भने घरेलु टोली नर्विचले १८ औं मिनेटमा मारियो रसिसको गोलबाट लिएको थियो । क्रिस्टियन ईरिक्सनले ५५ औ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टोटेनहमलाई खेलमा फर्काएका थिए । सर्ज अरिएले ६१ औं मिनेटमा आत्मघाति गोल गरेपछि नर्विचले खेलमा अग्रता बनाएको थियो ।

लगत्तै डेन अलीले गरेको गोललाई रेफ्रीले अफसाईडको मान्यता दिएका थिए । खेलपछि टोटेनहम ३० अंक सहित तालिकाको छैटौ स्थानमा उक्लिएको छ । नर्विच १३ अंक सहित तालिकाको पुछारमा छ ।