३० जेष्ठ २०८३, शनिबार
,
Latest
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा ! अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीका तीन क्षेत्रमा रास्वपा, एक–एक क्षेत्रमा एमाले र नेकपाको अग्रता



अ+ अ-

सुदूरपश्चिम। प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले अग्रता बढाउनुभएको छ ।

सुरुदेखि नै अग्रस्थानमा रहनुभएका नेपाली कांग्रेसका जनकराज चौधरीलाई पछि पार्दै ज्ञवालीले दुई हजार ७२४ मत प्राप्त गरी अग्रता बढाउनुभएको हो ।

कांग्रेसका चौधरीले दुई हजार ५७६ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले एक हजार ५८७ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कैलाली क्षेत्र नं २ मा नेकपा (एमाले)का सूर्यबहादुर शाहले ९३२ मत प्राप्त गरी अग्रता बनाउनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ८१० मत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नन्दबहादुर साउदले ८०५ मत प्राप्त गरेर पछ्याइरहनुभएको छ ।

क्षेत्र नं ३ को मतगणना परिणामअनुसार नेकपाका वीरमान चौधरी ९४२ मत प्राप्त गरी अग्रता लिनुभएको छ । उहाँलाई रास्वपाका जगत जोशीले ८६२ मत र नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरीले ८१५ मत प्राप्त गरी पछ्याइरहनुभएको छ ।

क्षेत्र नं ४ को जारी मतगणनामा रास्वपाका खेमराज कोइरालले १८४ मत प्राप्त गरी सुरुआती अग्रता बनाउनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका गोरखबहादुर विष्टले १३२ मत र नेकपा (एमाले)का लेखराज भट्ट १०६ मत प्राप्त गरी पछ्याइरहनुभएको छ ।

कैलाली निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र)मा रास्वपाका आनन्दबहादुर चन्दले सुरुदेखि नै अग्रता कायम राख्नुभएको छ । पछिल्लो मतगणनाअनुसार उहाँले छ हजार ७३ मत प्राप्त गर्नुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका नरनारायण शाहले दुई हजार ३४८ मत र नेकपा (एमाले)का यज्ञराज ढुङ्गानाले एक हजार ५२० मत प्राप्त गरी पछ्याइरहनुभएको छ । रासस