१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

कैलाली–३ मा नेकपाका वीरमानको अग्रता कायमै

कैलाली–३ मा नेकपाका वीरमानको अग्रता कायमै
अ अ+ अ-

कैलाली। प्रतिनिधिसभा कैलाली क्षेत्र नं ३ को मतगणनामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार वीरमान चौधरीले अग्रता कायमै राख्नुभएको छ ।

मतगणनाको सुरुआतदेखि नै उहाँले अन्य प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै अग्रता कायम गर्नुभएको हो ।

कैलाली क्षेत्र नं ३ निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार हालसम्म भजनी नगरपालिका वडा नं २, ३ र ९ को मतगणना सम्पन्न भएको छ । ती वडाको कुल छ हजार १९३ मतगणनामा नेकपाका उम्मेदवार वीरबहादुर चौधरीले एक हजार ८१५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगत जोशी एक हजार ४१० मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभएको छ भने नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार विक्रम चौधरीले ९८१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवालले ६९० मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार गौरीशङ्कर चौधरीले ६३५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार वीरेन्द्र बमले २८९ मत प्राप्त गर्नुभएको छ । हालसम्म ३३३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । अहिले भजनी नगरपालिकाको वडा नं ७ र ५ को मतगणना भइरहेको छ ।

कैलाली क्षेत्र नं ३ मा कुल एक लाख नौ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो । मतगणना क्रमशः अन्य स्थानीय तहका मतपेटिका खोलेर अघि बढाइने निर्वाचन कार्यालयले जनाएको छ । रासस