२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजयी भएपछि रञ्जुले भनिन्–वैकल्पिक राजनीतिले जित्यो, रियल फाइट अब सुरू हुन्छ



अ+ अ-

काठमाडाैँ । काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ रञ्जु न्यौपानेले वैकल्पिक राजनीतिको जित भएको प्रतिक्रिया दिएकी छन् ।

शुक्रवार निर्वाचनको औपचारिक घोषणापछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले यस्तो प्रतिक्रिया दिएकी हुन् ।उनले ३५–३६ वर्षदेखि बारम्बार मतदाताले नेपाली नागरिकलाई धोका दिनेहरुलाई ढोका बन्द गरिदिएको पनि बताइन् ।

उनले आफूलाई बहुमतले निर्वाचित गराउने काठमाडौँ–१ का मतदातालाई धन्यावाद समेत दिइन् । उनले आफूहरूको वास्तविक लडाइँ अब सुरू हुने पनि बताइन् ।

उनले भनिन्,”यो निर्वाचन विशेष परिस्थितिमा भएको हो । उम्मेदवार र पार्टीले विशेष रणनीति लिएका थियौं। मतदाताले पनि विशेष रुपमा प्रतिक्रिया दिनुभएको स्पष्ट देखियो । ३५–३६ वर्षदेखि बारम्बार मतदाता नेपाली नागरिकलाई धोका दिनेहरुलाई ढोका बन्द गरिदिन्छौं भनेर मतदाताले भनिदिनुभयो । यो हाम्रो लागि निकै सुखद कुरा हो । यो जित हाम्रा लागि चुनौतीपूर्ण पनि छ । यस्तो महत्वपूर्ण जित हाँसिल भएकाले अब काम गरेर देखाउनैपर्छ । रियल फाइट त अब सुरू हुँदैछ । काठमाडौं–१ का हरेक मतदातालाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । यो वैकल्पिक राजनीतिको जित हो । यो विवेकशील राजनीतिको पनि जित हो ।”

उनले विवेकशील राजनीतिको समेत जित भएको प्रतिक्रिया दिइन्।