२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेबलटेनिसमा वाग्ले र गैरे प्रथम



अ+ अ-

काठमाडौं । एलआरआईका सौगात वाग्ले र त्रियोगकी आयुश्मा गैरे दोश्रो क्युकेएस स्पोर्ट्स मिटअन्तर्गत टेबलटेनिसमा पहिलो भएका छन् । सिनियर सिंगल्सको ब्वाइजमा सौगात र गल्र्समा आयुश्मा पहिलो भएका हुन् ।

क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को आयोजनामा नक्सालस्थित बृहस्पति विद्यासदनमा भएको सिनियर ब्वाइजमा अक्षराका आदित्य सुवेदी दोश्रो तथा प्रिमियरका सगुन श्रेष्ठ र संस्कृतिका रनकलाल श्रेष्ठ तेश्रो भए । सिनियर गल्र्समा एलाइटकी रिया अग्रवाल दोश्रो तथा संस्कृतिकी श्रेया स्थापित र बृहस्पतिकी स्निग्धा थापा तेश्रो बने ।

जुनियर ब्वाइज सिंगल्समा कान्जिरोवाका रवि विकले स्वर्ण, जेम्सका सोरो शेर्पाले रजत तथा संस्कृतिका अभिमोड वज्राचार्य र बृहस्पतिका अर्नभ अधिकारीले कांस्य जिते । सोही स्पर्धाको गल्र्समा त्रियोगकी कृष्मा रिजाल पहिलो, जेम्सकी प्राप्ती ब्यञ्जनकार दोश्रो तथा काठमाडौं प्रज्ञाकुञ्जकी कृषा काफ्ले र संस्कृतिकी स्तुति तेश्रो भए । स्पोर्ट्स मिटअन्तर्गत एथलेटिक्स बाँकी छ ।