१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता हुने



अ+ अ-

काठमाडौं । तेस्रो संस्करणको न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पुस तेस्रो साताबाट हुने भएको छ ।

आइतबार आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिता पुस २३ बाट २६ गतेसम्म नयाँ वसपार्क स्थिट ढोरपान स्पोर्टस क्लबको मैदानमा आयोजना हुने जानकारी गराएको हो । होङ्गवान्जी बौद्ध समाजको मुख्य प्रायोजन हुने प्रतियोगितामा ६ देखि ८ टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक कुमार राईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पहिलो संस्करण शिवम् सिमेन्टको मुख्य प्रायोजनमा तथा दोस्रो संस्करण होङ्गग्वान्जी बौद्ध समाजको मुख्य प्रायोजनमा सम्पन्न भएको प्रतियोगिताको तेस्रो संस्करण चार दिन सम्म सञ्चालन हुनेछ । आयोजकले तेस्रो संस्रकामा पुरस्कार राशिमा बृद्धि गराएको छ । लिगकम नकआउट प्रणालिमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ४ लाख १ सय १ रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै उपविजेताले ३ लाख रुपैयाँ, तेस्रो हुनेले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौंथो हुनेले हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७/७ हजार १ सय रुपैयाँबाट प्राप्त गर्नेछन् भने यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।

२६ लाख अनुमानित खर्च लाग्ने प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल र नेपाल भलिबल संघको अध्यक्ष मनोरञ्जन रमण शर्माले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यस अघि आयोजना भएको पहिलो संस्करणमा आयोजक न्यु डायमन्ड एकेडेमी तथा दोस्रो संस्करणमा विभागीय नेपाल एपीएफ क्लबले उपाधि जितेका थिए ।