५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय म्याराथन फागुन ३ मा हुँदै



अ+ अ-

भूतपूर्व खेलाडी मञ्चले गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको चौधौँ संस्करण फागुन ३ गते हुने भएको छ । म्याराथनमा स्वदेशी तथा विदेशी गरेर करिब ७ हजार धावक सहभागी हुने आयोजकले लक्ष्य राखेको छ । प्रतियोगिताम चीन, जापान, भारतलगायतका धावक सहभागी हुने भूतपूर्व खेलाडी मञ्च पोखरा अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

कुल ४२.१९५ किमीमा हुने म्याराथनमा विभिन्न २८ विधामा धावकलाई पुरस्कृत गरिने उनले जनाए । ‘म्याराथनमा दृष्टिविहीनदेखि शारीरिक अपांगता भएकालाई पनि छुट्टै व्यवस्था गरेका छौँ,’ उनले भने ।

म्याराथनमा प्रथम हुनले २ लाख, द्वितीयले १ लाख र तृतीय ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक अन्य विभिन्न विधा गरेर कुल ५ लाख ३२ हजार रुपैयाँ पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन विदेशीले १० डलर, नेपालीले ६ सय र १ सय रुपैयाँ तिरेर नाम दर्ता गनुपर्ने छ ।