१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको शानदार जित



अ+ अ-

ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित हात पारेको छ । बिहिबार घरेलु मैदान एनफिल्डमा लिभरपुलले सेफिल्ड युनाईटेडमाथि २–० को सहज जित निकालेको हो । लिभरपुललाई निरन्तर जित दिलाउन साडियो माने र मोहमद सलाहाले एक एक गोल गरेका थिए । मोहमद सलाहाले चौथो मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

साडियो मानेले ६४ औ मिनेटमा लिभरपुलका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।शीर्ष स्थानको लिभरपुलले २० खेलबाट ५८ अंक बनाएको छ । उसले लिगमा १३ अंकको अग्रता लिएको छ । लिभरपुल अपराजित रहँदै बर्षभरी लिग तालिकाको शीर्ष स्थानमा रह्यो । उसले लिगको सम्भावित ६० अंकमा मात्र दुई अंक गुमायो ।

दोस्रो स्थानको लेस्टरको ४५ अंक छ । तेस्रो स्थानको म्यान्चेष्टर सिटीको ४४ अंक छ । नयाँ बर्षको सुरुवातमा दुवै टिमले जित दर्ता गरेका थिए । सेफिल्ड २९ अंक सहित तालिकाको आठौं स्थानमा छ ।