१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

सीमा क्षेत्रबाट मुख्य बजारसम्म संयुक्त सुरक्षा अभ्यास सञ्चालन

सीमा क्षेत्रबाट मुख्य बजारसम्म संयुक्त सुरक्षा अभ्यास सञ्चालन
अ अ+ अ-

सिरहा। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सिरहा जिल्लामा नेपाल-भारत सीमा क्षेत्रबाट मुख्य बजारसम्म संयुक्त सुरक्षा अभ्यास सञ्चालन गरिएको छ ।

जिल्लाको समग्र शान्तिसुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले नेपाली सेनाअन्तर्गतको नन्दबक्स गणको नेतृत्वमा संयुक्त सुरक्षा अभ्यास सञ्चालन गरिएको हो ।

आज बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म सञ्चालन गरिएको उक्त अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनको संयुक्त सहभागिता थियो । जिल्लाका चारवटै सुरक्षा क्षेत्र (क्षेत्र नं १, २, ३ र ४) अन्तर्गत रहेका मतदान केन्द्र, निर्वाचन सामग्री भण्डारणस्थल तथा अन्य संवेदनशील बिन्दुहरूलाई लक्षित गर्दै ५७ वटा संयुक्त ‘पेट्रोल’ एकैसाथ परिचालन गरिएको नन्दबक्स गणका प्रमुख तथा प्रमुख सेनानी समीर श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ वटै स्थानीय तहमा सुरक्षा उपस्थिति मजबुत बनाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार संयुक्त सुरक्षा अभ्यासमा सीमावर्ती गाउँ, दशगजा क्षेत्र तथा भित्री बस्तीहरूमा पैदल गस्ती, मुख्य राजमार्ग र बजार क्षेत्रमा सवारी गस्ती तथा दुर्गम र संवेदनशील क्षेत्रमा मोटरसाइकल गस्ती सञ्चालन गरिएको थियो । सीमा क्षेत्रमा आवतजावत निगरानी कडा पारिनाका साथै सन्दिग्ध गतिविधिमाथि विशेष नजर राखिएको सुरक्षा निकायले जनाएको छ ।

नियमित गस्तीका अतिरिक्त सम्भावित सुरक्षा चुनौती, भीड नियन्त्रण, मतदान केन्द्र सुरक्षा, निर्वाचन सामग्रीको सुरक्षित ओसारपसार तथा आकस्मिक परिस्थितिमा छिटो प्रतिक्रिया दिन सक्ने क्षमताको परीक्षण गर्न विशेष प्रदर्शन अभ्याससमेत सम्पन्न गरिएको थियो । अभ्यासका क्रममा सुरक्षा निकायबीच समन्वय, सूचना आदान-प्रदान र संयुक्त कमान्ड प्रणालीको अभ्यास गरिएको बताइएको छ ।

संयुक्त सुरक्षा परिचालनले स्थानीय बासिन्दामा सुरक्षाको प्रत्याभूति बढाउनाका साथै सीमा क्षेत्रदेखि बजारसम्म सुरक्षा सतर्कता अझ सुदृढ भएको दाबी गरिएको छ । रासस