१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

राप्रपा एक्लै चुनावमा, एमाले कार्यकर्तालाई लिङदेनको अपीलः ‘मलाई भोट दिएर पछुताउनु पर्दैन’

राप्रपा एक्लै चुनावमा, एमाले कार्यकर्तालाई लिङदेनको अपीलः ‘मलाई भोट दिएर पछुताउनु पर्दैन’
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आफ्नो पार्टी कुनैपनि शक्तिसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्नुभएको छ ।

उहाँले घोषित वा अघोषित रूपमा कुनैपनि दलसँग तालमेल नगरेको दाबी गर्दै राप्रपाको शक्तिमाथि भरोसा गर्न आग्रह गर्नुभएको हो । शनिवार झापा निर्वाचन क्षेत्र नम्बर ३ मा आफ्नो चुनावी अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष लिङदेनले विशेष गरी नेकपा (एमाले) का कार्यकर्ता र शुभचिन्तकहरूलाई विगतका चुनावहरूमा एमालेका मतदाताले आफूलाई मतदान गरेर जिताएको स्मरण गर्दै त्यसप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

लिङदेनले एमालेका मतदाताहरूलाई प्रश्न गर्दै ‘सूर्य चिन्हवाला मान्छेले हलोमा भोट दिएर अपराध गरेँ भन्ने लाग्छ ? भन्दै प्रश्न गर्नुभयो । कुनै बेला एमाले भएर सूर्यमा भोट दिएर पछुताएको भएपनि राजेन्द्र लिङदेनलाई भोट दिएर पछुताउनु नपर्ने बताउनु भयो ।

आफ्नो कार्यकालको समीक्षा गर्दै उहाँले आफूले भ्रष्टाचार नगरेको र काम गर्ने सिलसिलामा कुनैपनि प्रकारको पक्षपात नगरेको दाबी गर्नुभयो । उहाँले आफू कुनै एउटा जात, धर्म वा पक्षको मात्र नभई समग्र देशहितको पक्षमा संसदमा उभिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि पार्टीसँग राप्रपाले गठबन्धन गरेको छैन । कुनैपनि प्रकारको तालमेल गरेको छैन । घोषित अघोषित रूपमा कुनैपनि प्रकारको सम्झौताहरू गरेको छैन र राप्रपा एक्लै चुनावमा लडिरहेको छ । म तपाईं सबै दिदीबहिनी दाजुभाइहरूलाई अपील गर्न चाहन्छु, खासगरी एमाले साथीहरूलाई भन्छु । तपाईंहरूले दुई चोटी त हलोमा भोट हालिसक्नु भयो ।

दुई चोटी त तपाईंहरूले मलाई चुनाव जिताइसक्नु भयो । एक चोटी छातीमा हात राखेर सम्झिनुहोस् आफैँले आफैँलाई सोध्नुहोस् तपाईं एमालेको मान्छेले सूर्य चिन्हवाला मान्छेले हलोमा भोट दुई चोटी दिएर अपराध गरेँ भन्ने लाग्छ ? राजेन्द्र लिङ्देनलाई भोट दिएर गल्ती भयो भन्ने लाग्छ ? मलाई जहाँसम्म लाग्छ, बरु तपाईंले कुनै बेला एमाले भएर सूर्यमा भोट दिएर पछुताउनु भएको होला तर राजेन्द्र लिङ्देनलाई भोट दिएर तपाईंले पछुताउनु परेको छैन ।  मैले भ्रष्टाचार गरेको छैन, काम गर्ने सिलसिलामा पक्षपात गरेको छैन, पार्टी खोजेर हिँडेको छैन र मैले संसदमा उभिएर कुनै एउटा जातको एउटा धर्मको एउटा पक्षको कुरा मात्र होइन, मैले समग्र देशहितको कुरा गरेको छु । त्यति मात्र होइन आज सबैले एकले अर्कालाई निषेध गरिराखेको बेला, एकले अर्कालाई समाप्त गर्न प्रयत्न भइराखेको बेला संसदमा होस् अथवा सडकमा उभिएर होस्, राष्ट्रिय एकता र सहमतिको कुरा गरेको छु । सबैलाई मिलाएर लैजाने प्रयत्न गरिराखेको छु । र भविष्यमा पनि तपाईंको मनमा लाग्छ, राजेन्द्र लिङदेन फेरि पनि संसदमा जान जरुरी छ, राजेन्द्र लिङदेनको पार्टी बलियो बन्न जरुरी छ अनि मात्रै यो देशमा शान्ति, स्थिरता र एकता कायम हुनसक्छ भन्ने तपाईंको मनमा लाग्छ ।’

उहाँले देशमा शान्ति, स्थिरता र एकता कायम गर्न राप्रपा बलियो बन्नुपर्ने र आफू पुनः संसदमा पुग्नु अनिवार्य रहेको जिकिर गर्नुभयो । उहाँले मतदाताहरूलाई आफ्नो विवेक प्रयोग गरेर देशको भविष्यका लागि मतदान गर्न आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल