१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

‘मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको छ’

‘मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको छ’
अ अ+ अ-

जनकपुरधाम। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषाका ८८ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरले जनाएको छ । धनुषा जिल्लामा चार निर्वाचन क्षेत्रमा १५४ जनाले उम्मेदवारी दिएका छन् ।

कार्यालय प्रमुख रोमबहादुर महतका अनुसार निर्वाचन आयोगको आह्वान तथा पत्रअनुसार प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्येक उम्मेदवारले बैंक खाता खोलेर आम्दानी तथा खर्चको विवरण राख्नुपर्ने भएकाले खाता खोल्नुपर्छ ।

साथै आयोगले तोकेअनुसार खर्च गर्नुपर्ने रहेको छ । निर्वाचन आचारसंहिताविपरीत जिल्लाको विभिन्न स्थानमा राखिएका १५० हजार निर्वाचन प्रचारका सामग्री नियन्त्रणमा लिइएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत कृष्ण गैरेले भन्नुभयो ।

साथै निर्वाचनलाई प्रभावकारी बनाउनका लागि आचारसंहिताको पूर्णपालना गर्न तथा गराउन उहाँले सबैलाई आग्रह गर्नुभयो । उहाँले आचारसंहिताविपरीत कार्य गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिनुभयो ।

त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष तथा धाँधलीरहित बनाउनका लागि निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न सबैलाई आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी लुइँटेलले निर्वाचनको सम्पूर्ण वातावरण निर्माण भएकाले निर्वाचन निष्पक्ष हुने विचार व्यक्त गर्नुभयो ।

साथै उहाँले निर्वाचनलाई शान्तिपूर्ण तथा संयमित गराउनका लागि शान्तिसुरक्षाको पूर्ण व्यवस्था गरिएको तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएको उल्लेख गर्दै मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

आवश्यक परेको खण्डमा प्रत्येक मतदान केन्द्रमा पाँचदेखि सात मिनटमा थप सुरक्षा निकाय पुग्ने छ उहाँको भनाइ थियो । उहाँले कुनै पनि राजनीतिक दल तथा उम्मेदवारलाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने कार्य बन्द गर्नुपर्ने तथा त्यस्तो गरेको प्रमाणसहित फेला परेमा कारबाही हुने चेतावनी दिनुभयो ।

धनुषा जिल्लामा प्रतिनिधिसभाका सदस्य पदका लागि चार निर्वाचन क्षेत्र रहेको छ । जसअन्तर्गत जिल्लामा ६४५ मतदान केन्द्र तथा ३२२ मतदानस्थल रहेको छ । एक सय ९४ वटा मतदानस्थललाई अतिसंवेदनशीलको रूपमा राखिएको छ । सो निर्वाचनमा तीन हजार ८७५ कर्मचारी परिचालन भएको बताइएको छ । चार हजार ५०० म्यादी प्रहरी पनि छनोट भइसकेका छन् । रासस