१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

मदिराजन्य पदार्थ बिक्रीवितरण र सेवनमा निषेध

मदिराजन्य पदार्थ बिक्रीवितरण र सेवनमा निषेध
अ अ+ अ-

कर्णाली। जिल्ला प्रशासन कार्यालय सुर्खेतले मदिराजन्य पदार्थ बिक्रीवितरण र सेवनमा निषेध गरिएको सूचना सार्वजनिक गरेको छ ।

निर्वाचन आयोग नेपालको निर्णय, गृह मन्त्रालयको निर्देशन र जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकको निर्णयअनुसार सार्वजनिक स्थानमा मदिराजन्य पदार्थको बिक्रीवितरणमा निषेध गरिएको हो ।

यही फागुन २१ गते हुन गइरहेको प्रतिनधिसभा सदस्य पदको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्ने ध्येयले बिक्रीवितरणमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले जानकारी दिनुभयो ।

“मदिराजन्य पदार्थको बिक्रीवितरण र सेवनबाट शान्ति सुरक्षामा पर्न जाने असरलाई मध्यनजर गरी सुर्खेत जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन यसको बिक्रीवितरणका साथै सेवनमा निषेध गरेका छौँ”, उहाँले भन्नुभयो, “यदि सूचनाको अवज्ञा गरी कुनै पनि गतिविधि भए वा गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनेबारे सबैमा जानकारी गराइएको छ ।”

प्रतिनिधिसभा सदस्यको निर्वाचन, २०८२ लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट सञ्चालन अनुमति लिएका मानवरहित हवाई उपकरण (ड्रोन) यही फागुन १८ गतेदेखि मतदान कार्य सम्पन्न नभएसम्म लागि उडान नगर्न कार्यालयले सूचना गरेको छ । त्यस्तै प्रशासनले यही फागुन १८ गतेको होली पर्व सामाजिक सद्भाव र भाइचार सम्बन्ध कायम राख्दै मनाउन अनुरोध गरेको छ ।

त्यसैगरी, कुनै दल, सङ्गठन वा उम्मेदवारको चिह्न वा झण्डाअङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट, झोला नबोक्न पनि प्रशासनले आग्रह गरेको छ ।

निर्वाचनलाई शान्त, स्वच्छ, निष्पक्ष र भयरहित सम्पन्न गर्न तथा कुनै पनि अवाञ्छित घटना हुन नदिन सबैमा अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । रासस